सोमबार, असार २,२०८२ 09:44:37
  • सोमबार, असार २,२०८२ 09:44:37
Global IME Bank Limited

विन नेपाल लघुवित्त १.३९ करोड घाटामा, ईपीएस ७०.३५ रुपैयाँले ऋणात्मक

Hyundai Nepal
विन नेपाल लघुवित्त १.३९ करोड घाटामा, ईपीएस ७०.३५ रुपैयाँले ऋणात्मक
Nabil Bank Limited

काठमाण्डौ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको पहिलो त्रैमाससम्म १ करोड ३९ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ । यो घाटा अघिल्लो आवको सोही अवधिको तुलनामा ८०० प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म संस्थाले १५ लाख ४८ हजार् रुपैयाँ घाटा व्यहोरेको थियो ।  

यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी ११ लाख ८४ हजार रुपैयाँले ऋणात्मक अवस्थामा छ । संस्थाको कुल सञ्चालन आम्दानी ११ लाख ८४ हजार र सञ्चालन मुनाफा ९ करोड ३० लाख रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

संस्थाको रिजर्भ कोषको आकार भने १६ लाख ५० हजार रुपैयाँले धनात्मक अवस्थामा छ ।  

संस्थाको खराब कर्जा अनुपात बढेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म ३.८७ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ४.९४ प्रतिशत पुगेको छ । संस्थाले सम्भावित घाटाका लागि ७ करोड ९१ लाख रुपैयाँ छुट्टाएको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) ७०.३५ रुपैयाँले ऋणात्मक, प्रतिसेयर नेटवर्थ १०२.०८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार १९०.८३ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३८.८० गुणा र तरलता अनुपात ३५.३६ प्रतिशत कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.