आईतवार, फाल्गुन ११,२०८१ 09:09:02
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 09:09:02
IME remit
Global IME Bank Limited

फाइनान्स कम्पनीका लगानीकर्ताले १०८% सम्म नाफा कमाए, अन्य समूहको कति बढ्यो ?

Hyundai Nepal
फाइनान्स कम्पनीका लगानीकर्ताले १०८% सम्म नाफा कमाए, अन्य समूहको कति बढ्यो ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १२ उपसूचक (समूह)का कम्पनीहरु सूचीकृत छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको तीन महिनासम्ममा सूचीकृत समूहको संख्या २६७ पुगेको छ ।

सूचीकृत कम्पनीहरुमध्ये १२९ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत् कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् । २०८० असोजमा सूचीकृत कम्पनीहरूको संख्या २६३ रहेको थियो ।

चालु आवको पहिलो त्रैमाससम्ममा सूचीकृत सबै समूहका कम्पनीको सेयरभाउ गत आवको तुलनामा उल्लेख्य बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १८६४.६२ विन्दुमा रहेको नेप्से इन्डेक्स चालु आवको पहिलो त्रैमाससम्म ४७.१० प्रतिशतले बृद्धि भई २७४२.९ विन्दुमा पुगेको छ ।  

 

 

Shivam Cement
CG Motors
Sagarmatha Cement

यसर्थ समग्र नेपाली सेयरबजार गत आवको तुलनामा ४७ प्रतिशतले बढ्दा सूचीकृत समूहहरु समेत उल्लेख्य बढ्न पुगेको छ । गत आवमा आर्थिक मन्दीका कारण बैकिङ्ग क्षेत्रमा तरलता अभाव र अर्थतन्त्र चलायनमा नहुँदा समग्र सेयरबजारले लय समात्न सकेको थिए । तर चालु आवमा देशको अर्थतन्त्रमा क्रमिक सुधार देखिदै गएको छ । बैकिङ क्षेत्रमा तरलता फालाफाल छ । सेयरबजारलाई सर्पोट गर्ने खालको नै नीति बनेकाले बजार गत आवको तुलनामा केही हदसम्म बढ्न पुगेको देखिन्छ ।  

सूचीकृत १२ वटै समूहका कम्पनीहरुको सेयरभाउ बढेपछि बर्षौसम्म लगानी डुबेर होल्ड गरि बसेका लगानीकर्ताले चालु आवमा नाफा बुक गर्न सफल भएका छन् ।  

गत आवको पहिलो त्रैमाससम्मको तुलनामा चालु आवको पहिलो त्रैमाससम्म सबैभन्दा बढी फाइनान्स समूहका लगानीकर्ताले नाफा बुक गर्न सफल भएका छन् । गत आवको असोज मसान्तमा १६४२.५१ विन्दुमा रहेको फाइनान्स सूचक चालु आवको असोज मसान्तसम्म ३४१९.५९ विन्दुमा पुगेको छ । यसर्थ फाइनान्स समूहका लगानीकर्ताले १०८.१९ प्रतिशत नाफा कमाउन सफल भएका छन् ।  

त्यस्तै, लगानी समूहका लगानीकर्ताले पनि ६८.९७ प्रतिशतले नाफा बुक गरेका छन् । गत आवको असोज मसान्तमा ६४.७ विन्दुमा रहेको लगानी समूह यस अवधिसम्म १०८.९३ विन्दुमा पुगेको छ ।  

यता हाइड्रोपावर समूहका लगानीकर्ताले पनि ६८.३० प्रतिशत नाफा बुक गरेका छन् । गत आवको असोज मसान्तसम्म १९६९.५५ विन्दुमा रहेको हाइड्रो इन्डेक्स यस वर्षको असोज महिनासम्म ३३१४.७२ विन्दुमा उक्लिएको छ । नेप्सेमा सर्वाधिक हाइड्रो कम्पनीहरु सूचीकृत छन् । हाल ९१ वटा हाइड्रो कम्पनी सूचीकृत रहेकाले लगानीकर्ताहरु सर्ट टर्म इन्भेष्टमेन्टका लागि बढी हाइड्रो कम्पनी नै छान्ने गरेको देखिन्छ ।  

अन्य समूहका लगानीकर्ताले भने ५३.८७ प्रतिशत नाफा बुक गरेका छन् । गत आवमा १३७४.११ विन्दुमा रहेको अन्य उपसूचक चालु आवमा २११४.७९ विन्दुमा पुगेको छ । अन्य समूहअन्तर्गत सेयरबजारमा चर्चामा रहने हिमालयन रि इन्स्योरेन्स, नेपाल रि इन्स्योरेन्स, मुक्तिनाथ कृषि कम्पनी, नेपाल रि पब्लिक मिडिया, नेपाल टेलिकम र नेपाव वेयरहाउजिङ जस्ता कम्पनीहरु छन् ।  

त्यस्तै, विकास बैंक समूहका लगानीकर्ताले ५२.३६ प्रतिशत, माइक्रोफाइनान्स समूहका लगानीकर्ताले ४६।३१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहका लगानीकर्ताले ४३.९३ प्रतिशत, होटल समूहका लगानीकर्ताले ४१.५७ प्रतिशत, निर्जीवन बीमा समूहका लगानीकर्ताले ३८.०२ प्रतिशत, व्यापार समूहका लगानीकर्ताले ३८.०१ प्रतिशत, जीवन बीमा समूहका लगानीकर्ताले ३६.८८ प्रतिशत र वाणिज्य बैंक समूहका लगानीकर्ताले ३४.९३ प्रतिशतसम्म नाफा बुक गर्न सफल भएका छन् ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.