शनिबार, बैशाख १२,२०८३ 06:54:30
Bizshala
  • शनिबार, बैशाख १२,२०८३ 06:54:30
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

वाईड भ्युइङ एङ्गलसहित शुद्ध र सटीक रङहरू दिने एलजीको नानोसेल टिभी सार्वजनिक

Bizshala
वाईड भ्युइङ एङ्गलसहित शुद्ध र सटीक रङहरू दिने एलजीको नानोसेल टिभी सार्वजनिक
Shivam Cement

काठमाण्डौ । चौधरी ग्रुपअन्तर्गत नेपालमा एलजी उत्पादनका अधिकारिक आयातकर्ता तथा वितरक सिजी इलेक्ट्रोनिक्सले ४३ इन्च, ५५ इन्च र ६५ इन्चका साइजमा नयाँ एलजी नानो सेल टिभी सार्वजनिक गरेको छ। यो नयाँ थप टिभीले नेपालमा उपलब्ध एलजीको उन्नत टेलिभिजन मोडेलहरूको दायरा बढाएको कम्पनीले जनाएको छ । जसमा ३२ देखि८६ इन्चसम्मका ओएलईडी टिभी, क्युएनईडी टिभी, युएचडी टिभी र स्मार्ट टिभीहरू समावेश छन्।

 

एलजीको नानो सेल टिभीहरूमा विशेष नानो सेल लेयर प्रयोग गरिएको छ ।  जुन प्रविधिले उन्नत रङको शुद्धताका साथ तस्विरको गुणस्तरमा क्रान्ति ल्याएको कम्पनीको दाबी छ। यसको न्यानो पार्टिकल्सले सुस्त टोनहरू फिल्टर गरेर तीक्ष्ण टोनहरूबाट गहिरो, जीवन्त रङहरू प्रदान गर्दछ।यसको सटीक पिक्सेल पङ्क्तिबद्धता र केवल एक नानोमिटरको दूरीले गर्दा स्क्रिनमा एकरूपता सुनिश्चित गर्दछ र फराकिलो दृश्यकोणहरूमा पनि छविको गुणस्तर कायम राख्छ।

अनावश्यक प्रकाश लाई सोसेर, नानो सेलहरूले चित्रको गुणस्तरको ह्रासलाई कम गर्दछ । सुस्त वा धमिलो नगरी बोल्ड, जीवन्तरङहरू प्रदान गर्दछ।नानोसेल टिभीले जीवन्त रङ र फराकिलो स्क्रिन कोणहरू प्रदान गर्ने र दिनको समयमा हेर्नका लागि उत्कृष्ट भएकोले यसलाई ओएलईडी टिभीको किफायती विकल्पको रूपमा लिन सकिने कम्पनीले जनाएको छ। न्यानोसेल टिभीहरूमा एलईडी टिभीहरू भन्दा धेरै शार्पनेस हुन्छ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

अत्याधुनिक फोरके नानोसेल अल्फा फाइभ एआई प्रोसेसर जेन सेवेन टेक्नोलोजीले सुसज्जित यी नानोसेल टिभीहरूले जीवन्त तस्विर गुणस्तरका लागि एआई संचालित फोरके अपस्के लिङ, एआई ब्राइटनेस कन्ट्रोल र नानो कलरको साथ इमर्सिभ दृश्य अनुभव प्रदान गर्दछ। एचडी आरटेन, एचएलजी र फिल्म मेकर मोड जस्ता सुविधाहरूले दृश्य अनुभवलाई अझ बढाउँदछ ।  जबकि एआई साउन्ड प्रोरक्लियर भ्वाइस प्रोले अडियो आउटपुटलाई समृद्ध पार्दछ । जसले प्रत्येक ध्वनि विवरण स्पष्ट र शक्तिशाली छ भनेर सुनिश्चित गर्दछ।

CG Motors
Garima Development Bank
IME remit

एलजी नानो सेल टिभीले नेपाली बजारमा नवीनतम स्मार्ट टेक्नोलोजी पनि ल्याएको छ । जसमा वेब ओएस २४, एलजी थिनक्यूर अमेजन अलेक्सा, एप्पल एयरप्ले आदि जस्ता लोकप्रिय प्लेटफर्महरू सपोर्ट गर्दछ। एलजी नानो सेल टिभीले वेब ओएसरे न्यु प्रोग्राम पनि प्रदान गर्दछ, जसले ग्राहकहरूले टिभी खरिद गरेपछि पाँच वर्षसम्म वेब ओएस अपग्रेडहरू प्राप्त गर्ने सुनिश्चित गर्दछ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.