सोमबार, चैत्र १८,२०८१ 06:35:11
IME remit
  • सोमबार, चैत्र १८,२०८१ 06:35:11
IME remit
Global IME Bank Limited

ओमानी रियाललाई परिवर्त्य विदेशी मुद्राको मान्यता

Hyundai Nepal
ओमानी रियाललाई परिवर्त्य विदेशी मुद्राको मान्यता
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ओमानी रियाललाई परिवर्त्य विदेशी मुद्राको रुपमा मान्यता दिएको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आज एक सूचना जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।  

केन्द्रीय बैंकले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा २ (ग१) मा व्यवस्था भएबमोजिम ओमानी रियाललाई परिवर्त्य विदेशी मुद्रा तोकिएको हुँदा सोही बमोजिम गर्न/गराउन विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी सूचना प्रकाशन गरेको जनाएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

विदेशी विनिमय कारोबारको इजाजतपत्रप्राप्त संस्थाहरुबाट सटही गर्न सकिने दैनिक रुपमा विनिमय दर प्रकाशित गरिने नेपाल राष्ट्र बैंकबाट तोकिएका विदेशी मुद्राहरुलाई परिवर्त्य विदेशी मुद्रा भनिन्छ ।  

हालको व्यवस्थाअनुसार नेपालमा २० वटा विदेशी मुद्राहरु परिवर्त्य विदेशी मुद्राको रुपमा रहेका छन् । अमेरिकन डलर,अष्ट्रेलियन डलर,सिंगापुर डलर,चाइनिज युआन,डेनिस क्रोनर,बहराइन डिनार,क्यानेडियन डलर,मलेशियन रिङगेट,पाउण्ड स्टर्लिङ,युरो,स्विस फैङ्क,युएई डिराम,कतारी रियाल,स्विडिस क्रोनर,हङकङ डलर,दक्षिण कोरियन वन,साउदी अरब रियाल,थाई भाट,कुवेती डिनार र जापानीज येन २० वटा विदेशी मुद्राहरु परिवर्त्य विदेशी मुद्रा हुन् । अब यसमा ओमानी रियाल पनि थपिएको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

भारतीय मुद्रासँग भने नेपाली रुपैयाँको स्थिर विनिमयदर कायम गरिएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.