आईतवार, असार ८,२०८२ 11:57:44
  • आईतवार, असार ८,२०८२ 11:57:44
Global IME Bank Limited

खस्कँदो वित्तीय अवस्थाका बाबजुद सिमेन्ट कम्पनीमा लगानीकर्ताको आकर्षण, कुनको अवस्था कस्तो ?

Hyundai Nepal
खस्कँदो वित्तीय अवस्थाका बाबजुद सिमेन्ट कम्पनीमा लगानीकर्ताको आकर्षण, कुनको अवस्था कस्तो ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा चार सिमेन्ट कम्पनी सूचीकृत छन् । उत्पादन तथा प्रशोधन उपसमूहअन्तर्गत शिवम् सिमेन्ट, सर्वोत्तम सिमेन्ट, घोराही सिमेन्ट र सोनापुर मिनरल्स एण्ड आयल गरी चार सिमेन्ट कम्पनी रहेका छन् ।  

धितोपत्र दोस्रो बजारमा यी चार सिमेन्ट कम्पनी निकै चर्चामा छन् । सर्वसाधारणलाई प्राथमिक सेयर निष्कासनमा बुक बिल्डिङ विधिमार्फत र प्रिमियममा आइपीओ जारी गरेका कारण पनि सिमेन्ट कम्पनीका सेयर दोस्रो बजारमा चर्चामा आउने गर्छ ।  

बजारमा लगानीकर्तामाझ उक्त कम्पनीहरुको आकर्षण रहेपनि वित्तीय अवस्था भने खासै सन्तोषजनक देखिएको छैन । दोस्रो बजारमा वित्तीय रुपमा जुन कमजोर कम्पनी सो कम्पनीकै सेयरभाउ महँगो जस्तो देखिन्छ । अहिले सिमेन्ट कम्पनीहरुको अवस्था पनि यस्तै देखिएको छ । चारमध्ये शिवम् बाहेक सबै कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म घाटा ब्यहोरेका छन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

पछिल्लो समय दोस्रो बजारमा वित्तीय विवरण वा आधारभुत पक्ष हेरेर भन्दा पनि चर्चाको आधारमा सेयर किनबेच हुने गरेको छ । चलखेलको आधारमा आधारमा सिँगो सेयरबजार निर्धारण हुने गरेको पाइन्छ । बजारमा जुन कम्पनी बढी चर्चामा छ त्यही कम्पनीमा झुम्मिने प्रवृत्तिले सोझासाझा लगानीकर्ता बढी डुबेका छन् ।  

वित्तीय अवस्था खराब भएका कम्पनीको सेयर चलखेल गरेर उचाल्ने वा कर्नरिङ गर्ने प्रवृत्ति बजारमा हाबी छ । यसले बजारप्रतिको स्वस्थता विस्तारै हराउँदै जाने सम्भावना बढी देखिन्छ ।  

घाटा ब्यहोरेर इपीएस समेत ऋणात्मक रहेका सिमेन्ट कम्पनीकै सेयरभाउ सर्वाधिक महँगो देखिएको छ । सर्वोत्तम सिमेन्टले पहिलो त्रैमाससम्म २ करोड २५ लाख रुपैयाँ घाटा ब्यहोरेको छ तर सोही कम्पनीकै सेयरभाउ बजारमा ७ सय भन्दा महँगो छ ।  

पछिल्लो समय दोस्रो बजारमा सिमेन्ट कम्पनीतर्फ लगानीकर्ताको चार्म हराएको जस्तो देखिएको छ । केही समयअघि सर्वाधिक कारोबारको टप १० सूचीमा शिवम् सिमेन्ट्स वा सोनापुर मिनरल्स कम्पनी पर्ने गर्थे ।  

निर्माण कार्यहरु धमाधम थालनी भएपनि सिमेन्ट कम्पनीहरुको व्यवसाय भने फस्टाउन सकेको छैन । व्यवसाय बृद्धि नभएपछि सिमेन्ट कम्पनीहरुको नाफा प्रभावित बन्न पुगेको पहिलो त्रैमासिक रिर्पोटले देखाएको छ ।  

पहिलो त्रैमाससम्म उत्पादनमार्फत सर्वाधिक आम्दानी गर्नेमा सर्वोत्तम सिमेन्ट रहेको छ । कम्पनीले १ अर्ब ४५ करोड रुपैयाँ आम्दानी गरेको देखिएको छ । तर उल्लेख्य आम्दानी गरेपनि कम्पनीले २ करोड २५ लाख रुपैयाँ घाटा ब्यहोरेको छ ।  

चारमध्ये तीनवटा कम्पनीले घाटा ब्यहोर्दा शिवम् सिमेन्टलेल भने १ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । घोराहीले ५१ करोड ३७ लाख रुपैयाँ र सोनापुर मिनरल्सले ८ करोड ५५ लाख रुपैयाँ घाटा ब्यहोरेका छन् ।  

नाफा प्रभावित देखिएसँगै प्रतिसेयर आम्दानी (इपीएस) पनि शिवम् बाहेक सबैको ऋणात्मक अवस्थामा छ । शिवम्सको इपीएस १.०२ रुपैयाँ छ भने सर्वोत्तमको १.९४ रुपैयाँ, घोराहीको ११.२५ रुपैयाँ र सोनापुर मिनरल्सको ११.१३ रुपैयाँ ऋणात्मक छ ।  

धितोपत्र दोस्रो बजारमा लगानी गर्नुअघि कम्पनीको ईपीएस कति छ बुझ्न जरुरी हुन्छ । करपछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई नै प्रतिसेयर आम्दानी भनिन्छ । यो सूचकले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने हुँदा कम्पनीको आधारभुत पक्षको विश्लेषणको प्रमुख सूचकको रुपमा लिइन्छ ।

पहिलो त्रैमाससम्म नेटवर्थ पनि सर्वोत्तम सिमेन्टकै धेरै छ । कम्पनीको नेटवर्थ १९८.३३ रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थबाट कम्पनीले दायित्व तिर्न सकिरहेको छ या छैन बुझ्न सकिन्छ । यो दरमा बृद्धि हुनु नै राम्रो मानिन्छ । नेटवर्थ बृद्धिदरले कम्पनीको दायित्व घटिरहेको बुझ्न सकिन्छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.