बुधबार, फाल्गुन ६,२०८२ 05:48:43
Bizshala
  • बुधबार, फाल्गुन ६,२०८२ 05:48:43
Bizshala
Global IME Bank Limited

इलन मस्क र केपी ओलीबीच भर्चुअल वार्ता, स्याटेलाइट इन्टरनेट सुरु हुनसक्ने

इलन मस्क र केपी ओलीबीच भर्चुअल वार्ता, स्याटेलाइट इन्टरनेट सुरु हुनसक्ने
Shivam Cement

काठमाण्डौ । विश्वकै धनाढ्य तथा डलर अर्बपति इलन मस्कले नेपालमा स्याटेलाइटबाट इन्टरनेट सेवा सुचारु गर्ने विषयमा सकारात्मक देखिएका छन् ।  

मस्कको चासो बढेकै कारण विभिन्न एजेन्सीहरुको सहयोगमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मस्कको भर्चुअल वार्ता शुक्रबार सम्भव भएको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

 अमेरिकी राष्टपति डोनल्ड टम्पको विशेष टिममा समेत सहभागी भएका अमेरिकन खर्बपति, टेस्ला, एक्स जस्ता दिग्गज कम्पनीका मालिक मस्कसँग ओलीले वार्ता गरेका हुन् ।  

ओलीले शुक्रबार साँझ मस्कसँग कुराकानी भएको विषयमा आफ्नो सामाजिक सञ्जाल फेसबुकबाट जानकारी गराएका छन्।

मस्कको कम्पनी स्टारलिंकले नेपालमा स्याटेलाइटबाट इन्टरनेट सेवा विस्तार गर्ने चासो दिएको छ । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

सरकारी प्रतिनिधिहरुका अनुसार यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङलाई भेटेर कम्पनीकी निर्देशक रेबेका हन्टरले नेपालमा इन्टरनेट सेवा विस्तारका लागि आफूहरु इच्छुक रहेको बताएकी थिइन् । यही विषयलाई अगाडि बढाउने क्रममा प्रधानमन्त्रीसँग मस्ककै सोझै वार्ता भएको हो ।  

वार्तामा प्रस्तुत भएका अजेण्डा तथा ओली र मस्कबीच भएको सहमति लगायतका विषयमा भने कुनै पनि कुरा खुलाइएको छैन।  

मस्कको स्टारलिंकका विश्वका ६० भन्दा धेरै देशमा गरी २७ लाख प्रयोगकर्ता छन् । सो कम्पनी भारतमा भने औपचारिक रुपमै भित्रिसकेको छ । सेवा विस्तार सहज हुने भएकाले कम्पनीले नेपाललाई समेत चासोका साथ प्राथमिकतामा राखेको विज्ञ बताउँछन् ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.