काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुई लघुवित्तको सेयरमूल्य समायोजन भएको छ । गत आवका लागि प्रस्ताव गरेको बोनस सेयरका लागि सपोर्ट लघुवित्त र फरवार्ड माइक्रोफाइनान्सको सेयरमूल्य समायोजन भएको हो ।
सपोर्ट लघुवित्तले गत आवका लागि घोषणा गरेको १३.७७५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ । समायोजनपश्चात संस्थाको सेयरमूल्य प्रतिकित्ता २ हजार ९२४.१९ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि संस्थाको सेयरमूल्य प्रतिकित्ता ३ हजार ३२७ रुपैयाँ थियो ।
त्यस्तै फरवार्ड माइक्रोफाइनान्सले गत आवका लागि सेयरधनीहरुलाई घोषणा गरेको १३.३ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा भएको समायोजनपछि संस्थाको सेयरमूल्य प्रतिकित्ता १ हजार ३५२.१६ रुपैयाँ कायम भएको छ । संस्थाको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १ हजार ५३२ रुपैयाँ थियो ।
आइतबारको कारोबारमा नयाँ समायोजित मूल्य अनुसार दुवै कम्पनीको सेयरमूल्य कारोबारमा आउने छ ।