बुधबार, माघ ९,२०८१ 05:20:47
IME remit
  • बुधबार, माघ ९,२०८१ 05:20:47
IME remit
Global IME Bank Limited

एनसेलले ल्यायो आकर्षक एनपीएल फ्यान प्याकहरु, यस्ता छन् सुविधा

Hyundai Nepal
एनसेलले ल्यायो आकर्षक एनपीएल फ्यान प्याकहरु, यस्ता छन् सुविधा
Nabil Bank Limited

काठमाण्डौ । एनसेलले नेपाल प्रिमयिर लिग(एनपीएल)का अवसरमा सधंै अन, डेटा र भ्वाइसमा तीन वटा आकर्षक एनपीएल फ्यान प्याकहरु सञ्चालनमा ल्याएको छ ।  

यी अफरहरूअन्तर्गत ग्राहकहरूले अनलिमिटेड यूट्युब र अनलिमिटेड डेटाका साथ एनपीएल भरी अनलाइनमार्फत खेलको मजा लिन सक्नेछन् । यसका साथै, ग्राहकका लागि अनलिमिटेड भ्वाइस अफर पनि उपलब्ध छ । यी प्याकहरु लिने ग्राहकले एनपीएलका खेलहरु प्रत्यक्ष मैदानमा नै हेर्न टिकट लगायत अन्य आकर्षक उपहार जित्नका लागि पनि योग्य हुनेछन् ।

Bizshala
CG Motors
Sagarmatha Cement

सधै अन प्याकअन्तर्गत ग्राहकहरूले रु. ३९९ देखि रु. १४९९ सम्मको कुनै पनि प्याकको खरिदमा यूट्युबमा प्याक अवधिभर अनलिमिटेड पहुँच पाउँछन् । यससँगै ग्राहकहरूले अतिरिक्त डेटा शुल्कको बारेमा चिन्ता नगरी एनपीएलका रोमाञ्चक खेलहरू अनलाइनमार्फत कुनै पनि समयमा जहाँ भएपनि हेर्न सक्नेछन् ।

त्यसैगरी, डेटा सेवा आवश्यक भएका ग्राहकहरूका लागि एनसेलले अनलिमिटेड डेटा अफर ल्याएको छ ।  ग्राहकहरूले रु. ५० मा १ दिनको समय सिमा रहेको अनलिमिटेड डेटा प्याक लिन सक्छन् । रु. १२५ (३ दिन), रु. १९९ (७दिन) र रु. ९९९ (२८ दिन) समयावधि रहेको अनलिमिटेड डेटा किनेर एनपीएलका खेलहरूको मजा अनलाइनमार्फत लिन सकिने एनसेलले जनाएको छ ।  

भ्वाइस सेवामा पनि अनलिमिटेड प्याक रहेका छन् । ७ दिनको लागि रु. १४९ र २८ दिनको लागि रु. ४९९ मा अनलिमिटेड भ्वाइस सेवा लिन सकिन्छ । उल्लेखित सधंै अन, अनलिमिटेड डेटा प्याकहरू, र अनलिमिटेड भ्वाइस प्याकहरू किन्ने सबै ग्राहकहरु एनपीएल खेलहरु मैदानमा नै हेर्नका लागि टिकट जित्न योग्य हुनेछन् ।  

Muktinath Bikas Bank Limited

यी प्याकहरू किनेपछि ग्राहकहरूले एसएमएस मार्फत एनसेलएपमा रहेको ‘स्पिन द ह्वील’मा जाने लिंक प्राप्त गर्छन् । एपमा गई ह्वील घुमाउँदा ग्राहकहरूले एनपीएल खेलको टिकट, १ जीबी डेटा, रु. ५० क्यासब्याक (१ दिनको समयसिमा), रु. १०० क्यासब्याक (१ दिनको समयसिमा), वा १०० अन–नेट एसएमएस (१ दिनका समयसिमा) पाउँन सक्छन् ।  

त्यसैगरी, एनसेल फाउन्डेसनले प्रत्येक एनपीएलको खेलमा हानिने चौकामा ग्रामीण र दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई चारवटा शैक्षिक सामाग्री वितरण गर्नेछ ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.