बिहीबार, असार ११,२०८३ 02:30:51
Bizshala
  • बिहीबार, असार ११,२०८३ 02:30:51
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

स्टक ब्रोकर्श एसोसियसन अफ नेपालको निर्वाचनमा दुई पक्षबीच महाभिडन्त, सहमतिको प्रयास जारी

Laxmi Sunrise Bank Limited
स्टक ब्रोकर्श एसोसियसन अफ नेपालको निर्वाचनमा दुई पक्षबीच महाभिडन्त, सहमतिको प्रयास जारी

काठमाण्डौ । ब्रोकरहरुको छाता संगठन,स्टक ब्रोकर्श एसोसियसन अफ नेपालको निर्वाचन यही मंसिर २० गते हुँदैछ । यसपटकको निर्वाचनमा पनि महाभिडन्त हुने पक्का पक्की जस्तै भएको छ । पछिल्लोपटक २  ब्रोकर एसोसियसन  सौहार्द रुपमा एक भएता पनि नयाँ कार्यसमिति चयनमा भने घम्साघम्सी नै हुने निश्चित जस्तै देखिएको छ ।  

खासगरि दुई ब्रोकर संगठन एक भएर अगाडी बढेता पनि नयाँ कार्यसमिति र अध्यक्ष चयनमा भने आकांक्षीको संंख्या बढ्दै गर्दा नयाँ कार्यसमित चयन गर्न हम्मे–हम्मे भएको हो । हाल स्टक ब्रोकर एसोसियसन अफ नेपालमा २ स्टक डिलरसहित ९० वटा ब्रोकर छन् । 

New Office
CG Motors
Garima Development Bank

नयाँ अध्यक्षको लागि ४÷५ जना आकांक्षीहरु रहेका छन । जसमा सागर ढकाल, राजकुमार तिमिल्सिना , नरेन्द्र सिजापति, अघिल्लो कार्यकालका प्रत्यासि गूण नीधि भुसाल तथा टंक गौतमको नाम चर्चा छन् । जसमा सागर ढकालल नयाँ ब्रोकरहरुको संगठन धितोपत्र ब्रोकर संघका अध्यक्ष हुन भने अन्य सबै पुरानै संगठका सदस्यहरु हुन् । बजार स्रोतले दिएको जानकारी अनुसार पछिल्लोपटक सागर ढकाल र राजकुमार तिमिल्सिना मात्रै मैदानमा रहेको बुझिएको छ ।  

तिमिल्सिना र ढकालले छु्ुट्टा–छुट्छै भेला पनि बोलाएका थिए । एक ब्रोकरका अनुसार आइतबार तिमिल्सिनाले बोलाएको भेला पछि नरेन्द्र सिजापति, टंक गौतम र गूण नीधि भूसाल पछि हटेपछि अब तिमिल्सिना मात्रै पुरानो संगठनबाट यसपालि मैदानमा उत्रने छन् । स्मरण रहोस् यस अघि पनि तिमिल्सिना अध्यक्षको लागि लडेका ंथिए तर उनी भरत रानाभाटसँग पराजित भएका थिए । ‘यस कारण उनलाई यसपटक पुरानो संगठनबाट सहानुभूतिका मत पनि आउन सक्छ,’ एक ब्रोकरले भने ।

सागर ढकाल पनि पछिल्लोपटक नयाँ स्टक ब्रोकर एसोसियसनबाट आएका सक्रिय ब्रोकर मानिन्छन् । उनी खासगरि एमाले निकट रहेको र सरकारसँग राम्रो लबिङ गर्न सक्ने उम्मेदवार रहेको एक ब्रोकरले बताए । अहिले यी दुवैलाई बजार बुझेका र योग्य उम्मेदवारको रुपमा हेरिएको छ । नयाँ कार्यसमितिको लागि प्रष्ट रुपमा दुईधार देखिएता पनि ब्रोकरहरुले भने सहमतिको रटान लगाउँदै आएका छन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

हालका स्टक ब्रोकर एसोसियसन नेपालका अध्यक्ष धर्मराज सापकोटाले नयाँ र पूरानो स्टक ब्रोकर एसोसियसन भनेर ‘डिमारकेशन’ नहुने बताए । सापकोटाले भने, ‘हामी त्यस्तो ‘डिमारकेशनमा’ जादैनौ । हाम्रो प्रयास एक भएर सहमति गर्ने नै हो तर त्यो हुन नसके प्रजातान्त्रिक विधिबाट निर्धारित समयमा नै नयाँ कार्यसमिति चयन हुनेछ,’  

नेपाल स्टक हाउसका सञ्चालक ईश्वरी प्रसाद रिमालले एकैपटक सिधै अध्यक्षमा उठ्ने स्टक ब्रोकर एसोसियसनको कार्यविधि नै ठीक नभएको बताए । रिमालले भने, ‘यसपाली त प्रक्रिया अघि बढ्यो ठीकै छ । कार्यसमितिमा जान इपानको जस्तै पहिले सदस्य हुने, त्यसपछि कोषाध्यक्ष हुँदै अध्यक्ष हुनु पर्ने हो । यसो भए संस्थाले पनि अनुभवी मान्छे पाउँथ्यो । यस विषयमा मैले समितिमा कुरा राख्छु ।’  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.