आईतवार, बैशाख ६,२०८३ 05:43:04
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 05:43:04
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

१ देखि ३ वर्षसम्मका लागि २१ निर्माण कम्पनी परे कालोसूचीमा

Bizshala
१ देखि ३ वर्षसम्मका लागि २१ निर्माण कम्पनी परे कालोसूचीमा
Shivam Cement

काठमाण्डौ। सार्वजनिक खरिद अनुगमन कार्यालयले २१ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। कार्यालयले सम्झौता अनुरुप काम नगरेको भन्दै यी कम्पनीहरुलाई कालोसूचीमा राखेको हो । जसमा १५ वटा कम्पनीलाई एक वर्षका लागि, २ कम्पनी २ वर्ष, २ कम्पनी साढे २ वर्ष , एउटा/एउटा कम्पनीलाई डेढ र र ३ वर्षका लागि कालोसूचीमा परेका छन् ।  

जोरपाटीको नव दुर्गा बिल्डर्स ३ वर्षका लागि सार्वजनिक खरिदका गतिविधिमा सहभागी हुन नपाउने गरि कालोसूचीमा परेको छ । यस्तै सपना शैलुङ जेभी २ वर्ष ६ महिनाका लागि कालोसूचीमा परेको छ । यो जेभीमा हेटौंडाको सपना कन्स्ट्रक्सन र ललितपुर ढोलाहिटीको शैलुङ कन्स्ट्रक्सन छन्।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

रुकुम पश्चिम मुसीकोटको तेनिम मल्टीपर्पोज कम्पनी र बाँके कोहलपुरको केआर कन्स्ट्रक्सन २ वर्षका लागि कारबाहीमा परेका कम्पनीमा छन् । तनहुँ बन्दीपुरको खड्गदेवी कन्स्ट्रक्सन १ वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको छ ।  

CG Motors
Garima Development Bank
IME remit

यस्तै सुर्खेत वीरेन्द्रनगरको तप्त निर्माण सेवा, पूर्ण निर्माण सेवा, आइए कन्स्ट्रक्सन, बाँकेको हार्दिक कन्स्ट्रक्सन, जिसान ट्रेडर्स एण्ड अर्डर सप्लायर्स, सविना जनरल एण्ड अर्डर सप्लायर्स, हुम्लाको यास के शाही कन्स्ट्रक्सन, एसके निर्माण सेवा, काभ्रेको ट्राभलर्स क्रियु कन्स्ट्रक्सन, खोटाङको युनिक निर्माण सेवा, काठमाण्डौ कालिकास्थानको युनिभर्सल ट्रेड एण्ड टेक्नोलोजी प्रालि, जीसी कन्स्ट्रक्सन कास्की, महिमा कन्स्ट्रक्सन बर्दिया र जायसवाल कन्स्ट्रक्सन धनुषा एक वर्षका लागि कालोसूचीमा परेका छन् । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.