बुधबार, माघ ९,२०८१ 04:48:52
IME remit
  • बुधबार, माघ ९,२०८१ 04:48:52
IME remit
Global IME Bank Limited

नेपाल लाइफद्वारा समता एजुकेसन फाउन्डेसनलाई १० लाख सहयोग

Hyundai Nepal
नेपाल लाइफद्वारा समता एजुकेसन फाउन्डेसनलाई १० लाख सहयोग
Nabil Bank Limited

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत समता एजुकेसन फाउन्डेसनलाई रु १० लाख रकम प्रदान गरेको छ ।  

कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवाल र प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले फाउन्डेसनका अध्यक्ष दिपक सन्जेललाई एक समारोहका बीच रु १० लाख नगदको चेक हस्तान्तरण गरेका हुन् ।  

कार्यक्रममा नेपाल लाइफका सञ्चालक अग्रवालले मासिक रु. १०० शुल्क लिएर आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरूलाई नर्सरीदेखि स्नाकोत्तर तहसम्म अङ्ग्रेजी माध्यमबाट गुणस्तरीय शिक्षा प्रदान गरिरहेको समता एजुकेसन फाउन्डेसनकोे संस्थापकलगायत व्यवस्थापनलाई धन्यवाद दिँदै शिक्षा क्षेत्रको यो अभियान राष्ट्र निर्माणमा एक कोसेढुङ्गा रहन जाने बताए ।

Bizshala
CG Motors
Sagarmatha Cement

त्यसैगरी, कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले देशको कर्णधार विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सके राष्ट्रले दक्ष जनशक्ति प्राप्त गर्ने बताउँदै कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत समता एजुकेसन फाउन्डेसनलाई सहयोग पुर्याउन १० लाख प्रदान गरिएको र आगामी दिनमा पनि शिक्षाको विकास हेतु सहयोग गर्न कम्पनी तयार रहेको बताए ।

Muktinath Bikas Bank Limited

कार्यक्रममा बोल्दै समता एजुकेसन फाउन्डेसनका अध्यक्ष दीपक सन्जेलले २३ वर्षको इतिहास बोकेको समतामा देशको ७७ वटै जिल्लामा करिब ३० हजार विद्यार्थीहरु अध्ययन गर्दै आएको कुरा जानकारी गराए । हालसम्म विभिन्न संघसंस्थाको सहयोगबाट विद्यालय चलिरहेको र सहयोगबाट मात्र सञ्चालन दीर्घकालीन नहुने हुँदा अक्षयकोषको निर्माण गर्दै अनवरत रुपले अध्ययन अध्यापनको कार्यलाई निरन्तरता दिने बताउँदै नेपाल लाइफले प्रदान गरेको रकम अक्षय कोषमा रहने र त्यसको आम्दानीबाट विद्यालयहरू सञ्चालन गरिने बताए ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.