बिहीबार, बैशाख ३१,२०८३ 10:15:46
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 10:15:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

भद्रगोल विशाल बजारको सेयरमा कसले लगाउँदैछ सर्किटका सर्किट ? 'एफपीओको अजेण्डा छलफलमै छैन'

Laxmi Sunrise Bank Limited
भद्रगोल विशाल बजारको सेयरमा कसले लगाउँदैछ सर्किटका सर्किट ? 'एफपीओको अजेण्डा छलफलमै छैन'
Shivam Cement

काठमाण्डौं । विशाल बजार कम्पनीको सेयरमूल्यमा लगातार ६ दिन अपरसर्किट लागेको छ । यससँगै कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७ हजार माथि पुगेको छ ।  

मसिंर १० गते ४ हजार १७८ रुपैयाँ रहेको यो कम्पनीको सेयरमूल्य आजको अन्तिम कारोबारसम्म प्रतिकित्ता ७ हजार १५ रुपैयाँ पुगेको हो।  

यसरी ६ दिनको कारोबारमा कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३ हजारभन्दा बढी रुपैयाँले बढेको छ । यसरी एकाएक सेयरमूल्य बढ्नुमा विशेष केही कारण भने देखिन्न ।  

वित्तीय र व्यबस्थापकीय रुपमा हेर्ने हो भने कम्पनीको अवस्था भद्रगोल छ । कम्पनीले वार्षिक साधारणसभा नै नगरेको वर्षौ भएको छ ।  

कम्पनीको आफ्नै एउटा वेबसाइट समेत छैन । यति मात्रै होइन अहिले जताततै आकर्षक ब्यापारिक महल बन्दै गर्दा बिशाल बजारभित्र भने एउटा राम्रो शौचालय पनि छैन ।  

Bizshala
New Office
CG Motors

सेयर संरचना हेर्ने हो भने चार अर्ब चुक्तापूँजी भएको कम्पनीको हाल १ प्रतिशत मात्रै सेयर सर्वसाधारणमा रहेको छ । हालको धितोपत्र दर्ता नियामावलीले सर्वसाधाराणमा जान कुनै पनि सेयर निष्कासनमा १० प्रतिशत सर्वसाधारण सेयर जारी हुनैपर्छ । तर हालको पूँजी वृद्धिले यो कम्पनीको अब कम्तीमा ९ प्रतिशत सेयर अर्थात करिब ९० हजार कित्ता सेयर सर्वसाधारणमा जारी हुनुपर्ने देखिन्छ ।  

तर यो कम्पनी सरकारी संस्थान भएको कारण धितोपत्र ऐन पनि लागू हुन नसक्ने अर्थात नियामक निकायले पनि कुनै निर्देशन वा नियामकीय कारवाही गर्नसक्ने अवस्था छैन ।  

धितोपत्र बोर्डमा कारोबार उपसमूहमा रहेको यो कम्पनी नेपाल सरकारअन्तर्गत अर्थमन्त्रालयको मातहतमा रहेको हो वा बाणिज्य मन्त्रालयअन्तगर्त रहेको हो भन्ने पनि प्रष्ट छैन ।

Garima Development Bank
Shivam Cement
IME remit

तर सेयरको मूल्य भने दैनिक अपरसर्किट लागेको छ । यसै विषयमा बोल्दै यस कम्पनीका एक सञ्चालक राधा पोखरेलले यस बिषयमा आफू अनभिज्ञ रहेको प्रतिक्रिया दिइन् । पोखरलेले आफू सञ्चालक भएर आएको एक महिना मात्रै भएको बताइन् । ‘सरकार फेरिएपछि सञ्चालक पनि फेरिने गर्छन् । यहाँ पनि भाँडभैलो नै रहेछ । सरकारलाई व्यापारीहरुले नटेर्न अनि सरकारले व्यापारीलाई नगन्ने प्रवृति व्याप्त रहेछ,’ उनले भनिन्, ‘कति व्यापारीहरुले भाडा पनि नदिने रहेछन् । म पनि बुझ्ने क्रममै छु ।’  

यद्यपि आफ्नो कार्यकालमा यही पौष मसान्तभित्र अडिट सकेर वार्षिक साधारणसभा गर्ने पनि पोखरेलले जानकारी दिइन । सेयर संरचनाअन्तगर्तको बाँकी रहेको ९ प्रतिशत सेयरमा के गर्ने भन्ने विषयमा भने कुनै पनि छलफल नभएको पोखरेल बताइन् ।  

यसै बिषयमा धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले हालको धितोपत्र निष्कासन ऐनमा सेयरपूँजीको कम्तिमा १० प्रतिशत स्वामित्व सर्वसाधारणतर्फ हुनुपर्ने प्रावधान रहेको बताए । तर विशाल बजार कम्पनी पहिले नै नेप्सेमा सूचिकृत रहेकोले यस विषयमा के हुने भन्ने विषयमा आफू पनि अनभिज्ञ रहेका प्रतिक्रिया दिए ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.