काठमाण्डौ । नेपाली विद्युतीय सवारी साधनको वितरक सीजी मोटर्सले चिनियाँ अटो मोबाइल ब्रान्ड एक्सपेंगको पोखरामा लञ्च गरेको छ। सिजी मोटर्सले अटो वेज प्रालिलाई पोखरा क्षेत्रका लागि आधिकारिक डिलरको रूपमा औपचारिक रूपमा घोषणा गरेको छ।यो लञ्चले नेपालमा एक्सपेंगको उपस्थिति थप विस्तार गरेको कम्पनीले जनाएको छ ।
अटोवेजका अध्यक्ष नारायण प्रसाद पौडेलले कार्यक्रममा आफ्नो प्रमुख मन्तव्य व्यक्त गर्दै मिडियालाई एक्स्पेङ ब्रान्डको परिचय गराएका थिए । साथै, सिजी मोटर्सका सीईओ/निर्देशक हेमन्त अग्रवालले कार्यक्रमको क्रममा सिजी मोटर्सका उपलब्धिहरू र अटोवेजसँगको सहकार्यको चर्चा गर्नुका साथै भविष्यका योजनाहरू प्रस्तुत गरेका थिए ।
उद्घाटनका क्रममा, अटोवेज प्रालिले पहिलो चरणका ग्राहकलाई ५ वटा जी ६ एसयुभी पनि हस्तान्तरण गरेको छ।
यस लञ्च कार्यक्रममा एक्सपेंगको नयाँ जी ६ मोडल प्रस्तुत गरिएको थियो । जसले स्मार्ट प्रविधि र दिगो डिजाइनमा जोड दिएको छ।जी ६ ले विश्वकै उच्च सुरक्षापरीक्षण ई–एनक्यापमा ५ स्टार रेटिङ प्राप्त गरेको छ । यसले स्वचालित ड्राइभिङ प्रविधि सेवा २.०, संरचना, नियमित ओटीए अपडेटहरू, एक्सओएस अपरेटिङ सिस्टम, र ८०० भी सुपर(फास्ट चार्जिङ सुविधा प्रदान गर्दछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।