काठमाण्डौ । गत आर्थिक वर्षका लागि बोनस सेयर घोषणा गरेका दुई कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड र फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन भएको हो ।
समायोजनपश्चात एनआरएन इन्फ्रास्ट्रक्चरको सेयरमूल्य प्रतिकित्ता १ हजार ६१ रुपैयाँ कायम भएको छ । कम्पनीको अन्तिम कारोबार मूल्य १ हजार ११५ रुपैयाँ कायम थियो ।
त्यस्तै, फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको सेयरमूल्य प्रतिकित्ता ७३१.१९ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७९७ रुपैयाँ थियो ।
फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले गत आवका लागि घोषणा गरेको ९ प्रतिशत बोनस सेयर र एनआरएन इन्फ्रास्ट्रक्चरले घोषणा गरेको ५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।
अब आइतबारको कारोबार देखि नयाँ समायोजित मूल्यअनुसार यी दुवै कम्पनीको सेयर कारोबारमा आउनेछन् ।