आईतवार, बैशाख ६,२०८३ 11:52:46
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:52:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सरेण्डदरमार्फत जीवन बीमा क्षेत्रबाट बाहिरियो झण्डै ५ अर्ब रुपैयाँ, कुन कम्पनीबाट कति ?

Bizshala
सरेण्डदरमार्फत जीवन बीमा क्षेत्रबाट बाहिरियो झण्डै ५ अर्ब रुपैयाँ, कुन कम्पनीबाट कति ?
Shivam Cement

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुबाट झण्डै ५ अर्ब रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएकोछ । १४ जीवन बीमकबाट चालु आवको ४ महिनासम्ममा ४ अर्ब ८२ करोड ९७ लाख रुपैयाँ बराबरको बीमा पोलिसी त्याग भएको हो ।  

कात्तिक मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुबाट ३५ हजार ९८५ वटा बीमालेख समर्पण भएको नेपाल बीमा प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सो अवधिसम्म समर्पण भएको बीमालेख रकम बीमकहरुले आर्जन गरेको कुल बीमाशुल्क रकमको ९ प्रतिशत रकम हो ।  

जीवन बीमा कम्पनीहरुले कात्तिक मसान्तसम्ममा ५३ अर्ब ३९ करोड ३२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्दा करिब ५ अर्ब रुपैयाँ सरेण्डरमार्फत बाहिरिएको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

पछिल्लो समय जीवन बीमा कम्पनीहरुमा बीमा पोलिसी त्याग गर्नेको संख्या बढ्दो छ । आर्थिक शिथिलताका कारण बीमितहरुमा पोलिसी त्याग गर्ने प्रवृत्ति बढ्दा बीमा क्षेत्रमा नकारात्मक प्रभाव पर्ने देखिएको छ । बीमा अभिकर्ताहरुले कमिसनको प्रलोभनमा बीमितको आर्थिक अवस्था नबुझि वा प्रलोभन देखाई दबाबमा बीमा गराईदिने प्रबृत्ति अभिकर्ताहरुमा हाबी छ ।

बीमितले निश्चित अवधिमा तोकेर बीमा गर्ने गर्छन् । तर, त्यो अवधि नसकिँदै ग्राहकले पोलिसी बन्द गरेर आफ्नो रकम लिन्छन् भने, त्यसलाई सरेन्डर भनिन्छ ।

पोलिसी सरेन्डर गर्दा बीमितले तिरेको बीमाशुल्क र पोलिसी सरेन्डर गर्ने मितिसम्मको बोनस रकम एकमुष्ट बीमितलाई भुक्तानी गरिन्छ । बीमितले बीमा गरेको न्यूनतम ३ वर्षपछि मात्रै पोलिसी बन्द गर्न पाइने व्यवस्था रहेको छ ।

विशेषगरी पछिल्लो समय देखिएको आर्थिक सङ्कटका कारण अवधि ९परिपक्वता० नसकिदैं सरेन्डर गरिने जीवन बीमालेख ९लाइफ इन्स्योरेन्स पोलिसी० को सङ्ख्या र सरेन्डर रकम बढ्दै गएको छ ।

बीमा कम्पनीहरुबाट महिनैपिच्छे अर्बौ रुपैयाँ सरेण्डरमार्फत बाहिरिएको छ । यसरी जीवन बीमा क्षेत्रबाट अर्बौ रकम बाहिरिँदै जाँदा बीमा क्षेत्रलाई नै नकारात्मक असर पर्ने देखिन्छ ।  

CG Motors
Garima Development Bank
IME remit

कुन कम्पनीबाट कति सरेण्डर ?

१४ जीवन बीमा कम्पनीमध्ये सर्बाधिक लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) नेपालबाट सरेण्डर भएको छ । कम्पनीबाट मात्रै १ अर्ब ५७ करोड ६६ लाख रुपैयाँ बराबरको बीमा पोलिसी त्याग भएको छ । जुन यो जीवन बीमा क्षेत्रबाट सरेण्डर भएको कुल रकमको ३२।६४ प्रतिशत रकम हो ।  

एलआइसी नेपालबाट मात्रै १० हजार ४८ वटा पोलिसी समर्पण भई बन्द भएका छन् ।  

त्यस्तै, नेपाल लाइफबाट ८ हजार ४०८ वटा पोलिसी बराबरको १ अर्ब ३७ करोड ४० लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको छ भने सरकारी स्वामित्वमा भएको राष्ट्रिय जीवन बीमा कम्पनीबाट ३ हजार ८७५ वटा बीमालेखको ३७ करोड ४१ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ ।  

यसका साथै नेशनल लाइफबाट १ हजार ९७९ वटा बीमालेखको २९ करोड ३१ लाख, एशियन लाइफबाट २ हजार ६२३ वटा बीमालेखको २७ करोड ९६ लाख रुपैयाँ, सुर्यज्योति लाइफबाट १ हजार ९१० वटा बीमालेखको २३ करोड ११ लाख रुपैयाँ, हिमालयन लाइफबाट २ हजार ४९८ वटा बीमालेखको २२ करोड ७४ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफबाट ६६३ वटा बीमालेखको ९ करोड ३१ लाख रुपैयाँ, आइएमई लाइफबाट ५८७ वटा बीमलेखको ५८७ वटा बीमालेखको ६ करोड ५४ लाख रुपैयाँ, सिटिजन लाइफबाट ९०३ वटा बीमालेखको ६ करोड ५२ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफबाट ४३२ वटा बीमालेखको ५ करोड ४९ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफबाट ५८२ वटा बीमालेखको ३ करोड ६३ लाख रुपैयाँ र सन नेपाल लाइफबाट २३२ वटा बीमालेखको २ करोड २९ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको छ ।

 

 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.