आईतवार, फाल्गुन ११,२०८१ 11:28:41
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 11:28:41
IME remit
Global IME Bank Limited

बीआरआईका कारण सत्ता गठबन्धनमा खटपट, मंसिर २४ ले तय गर्नेछ भविष्य

Hyundai Nepal
बीआरआईका कारण सत्ता गठबन्धनमा खटपट, मंसिर २४ ले तय गर्नेछ भविष्य
Nabil Bank Limited

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा सत्ता गठबन्धनको अर्को प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग गरेको सहमतिविपरीत ‘बेल्ट एन्ड रोड सहकार्य फ्रेमवर्क’मा हस्ताक्षर गरेपछि राष्ट्रिय राजनीतिमा नयाँ घटनाक्रम विकास हुनसक्ने सम्भावना बढेको छ ।  

प्रम ओली चीन भ्रमण जानुअघि कांग्रेस र एमालेबिच भएको बीआरआईबारेको सहमतिको खाकालाई संसोधन गर्दै ऋण र अनुदान बुझाउने गरी द्वीअर्थी शब्द राखेर सहमतिमा हस्ताक्षर भएपछि यसले कांग्रेस नेताहरुमा असन्तुष्टि बढाएको देखिएको छ। भित्रभित्रै ओलीले सहमतिविपरीतका काम गरेका भन्दै सत्ता गठबन्धन नै ढाल्ने गरी अगाडि बढ्नुपर्नेसम्मको प्रस्ताव नेताहरुले कांग्रेसभित्र गर्न थालेका स्रोतहरुले बताएका छन् । 

Shivam Cement
CG Motors
Sagarmatha Cement

नेताहरुको तीव्र दवाब र असन्तुष्टिपछि बीआरआई सम्झौताको विषयमा पार्टीको आधिकारिक धारणा बनाउने गरी कांग्रेस सभापति शेरबहादुर देउवाले मंसिर २४ गते दलको केन्द्रीय कार्यसम्पादनक समितिको बैठक बोलाएका छन् । बिहान ९ बजे देउवाको बुढानिलकण्ठस्थित निवासमा बोलाइएको बैठकमा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिमा रहेका पदाधिकारी तहका नेता, पूर्व पदाधिकारी र केही केन्द्रीय सदस्यहरु सहभागी हुनेछन् । कुनै अर्जेन्ट पर्दा वा अर्जेन्ट विषयमा पार्टीको आधिकारिक धारणा बनाउने अवस्था आउँदा केन्द्रीय समितिको पूर्ण बैठक बोलाउने अवस्था नहुँदा केन्द्रीय सम्पादन समितिको बैठक बोलाउने गर्छ ।  

केपी ओलीले चीनमा बीआरआई फ्रेमवर्कमा हस्ताक्षर गर्दा कांग्रेससँग अनुदानमा मात्रै लिने सहमतिविपरीत ऋण र अनुदान दुवै बुझाउने ‘एड् फाइनान्सिङ’ शब्द राखेका छन् । यही शब्दका कारण कांग्रेस नेताहरुमा सशंय पैदा गरेको हो ।  

ओलीले बीआरआईमा गरेको छलछामको विषयमा कांग्रेसका नेताहरुले व्यक्तिगत धारणा मिडियाहरुमा सार्वजनिक गर्न मानिरहेका छैनन् । पार्टीको मंसिर २४ गतेको कार्यसम्पादन समितिको बैठकपछि यो विषयमा खुल्ने उनीहरुको तयारी छ ।  

कांगे्रसका एक पदाधिकारी तहका नेताका अनुसार ओलीसँगै भ्रमणमा रहेकी पार्टी सभापति देउवाकी पत्नी तथा परराष्टमन्त्री आरजूलाई देखाएर एमालेका नेताहरुले भ्रम सिर्जना गरिरहेका छन् । आरजूलाई समेत झुक्याएर बीआरआई फ्रेमवर्कमा गडबड गरिएको प्रष्ट देखिने ती नेताले जानकारी दिए । तर यो विषयमा पार्टीको धारणा कस्तो बनाउने र कसरी अगाडि बढ्ने भन्ने विषय पार्टी सभापति देउवामा बढी निर्भर रहेकोले मंसिर २४ गते नै थप कुरा थाहा हुने उनले जानकारी दिए । 

त्यसो त एड् फाइनान्सिङको शब्द राखेर बीआरआईमा हस्ताक्षर गरेपछि देउवा समेत असन्तुष्ट छन् । सोही कारण उनले ओली चीनबाट फर्किएलगत्तै महामन्त्री गगन थापालाई भेट्न बालुवाटारमै पठाएका थिए । त्यसपछि आफैंले समेत ओलीसँग भेट गरी यथार्थ बुझ्ने काम गरेका थिए ।  

'ओलीसँग भेटेर सबै कुरा प्रष्ट भइसकेको अवस्थामा यदि देउवा बीआरआईमा भएको संसोधनप्रति सहमत हुन्थे भने पार्टीको आधिकारिक धारणा आउथ्यो, अर्जेन्ट रुपमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइरहन आवश्यक थिएन ।' स्रोतले भन्यो-'बैठक नै राखेर पार्टीको धारणा सार्वजनिक गर्ने अवस्थामा कांग्रेस पुग्नुको अर्थ बीआरआईले गडबडी गर्दैछ भनेर बुझ्दा हुन्छ । घटनाक्रमहरु भित्रभित्रै जसरी विकास भइरहेका छन्, यसले वर्तमान सत्ता गठबन्धनको भविष्य सुनिश्चित देखिन्न।' 

एमालेका शीर्ष नेताहरु भने बीआरआईमा भएको हस्ताक्षरमा गरिएका सामान्य संसोधन कांग्रेस शीर्ष नेतासँगको सहमतिमै भएको दाबी गरिरहेका छन् । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, राजन भट्टराई लगायतका नेताहरुले सञ्चारकर्मीहरुसँगको कुराकानीमा बीआरआईमा भएको हस्ताक्षर र त्यहाँ गरिएको सामान्य संसोधनकै कारण सत्ता गठबन्धनमा कुनै दरार नआउने र अहिलेको सरकार पूरा अवधिसम्म टिक्नेसम्मको दाबी गरेका छन् । तर, कांग्रेसभित्रको बढ्दो असन्तुष्टि र तयारी देख्दा नेताहरुको दाबी यथार्थपरक भने देखिन्न ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.