काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थाको ७१ हजार ९१५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
यो सेयरको न्यूनतम मूल्य २८० रुपैयाँ तोकिएको छ । सेयर खरिदका लागि संस्थाको विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् ।
इच्छुक संस्थापक सेयरधनीले आगामी चैत ११ गतेभित्र ज्ञानेश्वरमा रहेको संस्थाको केन्द्रिय कार्यालयमा खरिद गर्न चाहेको सेयर संख्या र मूल्य खुलाई शिलबन्दी निवेदन पेश गर्नुपर्नेछ ।