मंगलवार, आश्विन १३,२०८३ 03:11:38
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 03:11:38
Bizshala
Global IME Bank Limited

अर्थका सहसचिव दाहालले बीमा प्राधिकरणको अध्यक्षको रुपमा काम गर्ने

Bizshala
अर्थका सहसचिव दाहालले बीमा प्राधिकरणको अध्यक्षको रुपमा काम गर्ने
New Office

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणमा अर्को व्यवस्था नभएसम्मका लागि अर्थ मन्त्रालयका सहसचिव मदन दाहालले अध्यक्षको रुपमा काम गर्ने भएका छन् ।  

बीमा प्राधिकरणका तत्कालिन अध्यक्ष सूर्य प्रसाद सिलवाललाई उमेर हदसम्बन्धि विवादमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि सिलवालको पद स्वतः पदमुक्त भएको थियो । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

प्राधिकरणमा अध्यक्ष नभएपछि अर्को व्यवस्था नभएसम्मका लागि अर्थका सहसचिव दाहालले अध्यक्षको रुपमा काम गर्ने भएका हुन् ।  

बीमा ऐन २०७९ को दफा (६) बमोजिम सञ्चालक समितिको दोस्रो वरियतामा रहेका दाहाल बीमा प्राधिकरणको अध्यक्षको रुपमा कामकाज गर्न तोकिएका हुन् ।  

नेपाल बीमा प्राधिकरणमा यसअघि कार्यकारी निर्देशक राजुरमण पौडेलले गत जेठ ११ गते नै अवकाश पााएका थिए । त्यसयता अर्थबाट कार्यकारी निर्देशक समेत नियुक्त गर्न सकेको छैन ।

सिलवालको नागरिकता विवादमा अख्तियारले मुद्दा दायर गरेपछि प्राधिकधरणमा अध्यक्ष र कार्यकारी निर्देशक दुबै नभएपछि अर्थमन्त्रालयको तर्फबाट दाहालले अर्को व्यवस्था नहुँदासम्म अध्यक्षको रुपमा काम गर्न जिम्मेवारी पाएका हुन् ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.