बुधबार, श्रावण २०,२०८३ 05:16:25
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 05:16:25
Bizshala
Global IME Bank Limited

स्टक ब्रोकर्श एशोसिएसन अफ नेपालका नवनर्वाचित पदाधिकारीद्वारा शपथ तथा पदभार ग्रहण

स्टक ब्रोकर्श एशोसिएसन अफ नेपालका नवनर्वाचित पदाधिकारीद्वारा शपथ तथा पदभार ग्रहण
New Office

काठमाण्डौ । सेयर बजारका ब्रोकरहरुको छाता संगठन स्टक ब्रोकर्श एशोसिएसन अफ नेपालका नवनर्वाचित निर्वाचित पदाधिकारीले शपथ तथा पदभार ग्रहण गरेका छन् । काठमाण्डौको लाजिम्पाटमा अवस्थित र्याडिसन होटलमा बिहिबार आयोजित एक कार्यक्रमका बीच नवनिर्वाचित पदाधिकारीहरुले शपथ तथा पदभार ग्रहण गरेका हुन् ।  

यस्तै उक्त कार्यक्रममा नवनिर्वाचित पदाधिकारीरुहलाई नेतृत्व हस्तान्तरण समेत गरिएको छ ।  

शपथ तथा पदभार ग्रहण गर्नेमा अध्यक्ष सागर ढकाल, उपाध्यक्ष नितेश कुमार अग्रवाल,भक्तिराम घिमिरे,सचिव विनय रेग्मि,कोषाध्यक्ष मदन पौडेल तथा सदस्यहरुमा जेलिना पौडेल,विशाल अग्रवाल,जयन्त अग्रवाल,प्रियान्स अग्रवाल रहेका छन् ।  

उक्त कार्यक्रममा बोल्दै एशोसिएसनका निवर्तमान अध्यक्ष धर्मराज सापकोटाले नयाँ नेत्ृत्वले सम्पूर्ण ब्रोकरको हकहितका लागि काम गर्नुपर्ने बताए । ‘संगठन एक हुन आवश्यक छ । नयाँ नेतृत्वलाई सबैले सहयोग गुर्नपर्छ,’ उनले भने ।  

यस्तै उनले नयाँ नेतिृत्वलाई कानूनको दायरामा रहेर काम गर्न समेत आग्रह गरे ।  

यसैगरी नवनिर्वाचि अध्यक्ष ढकालले आफू निर्वाचनबाट निर्वाचित भएकाले स्टक ब्रोकर संघको हकहितलाई प्राथमिकतामा राखि काम गर्ने बताए ।  

गत मंसिर २१ गते स्टक ब्रोकर एशोसिएसन अफ नेपालको निर्वाचन सम्पन्न भएको थियो । जसमा सागर ढकालले राजकुमार तिमिल्सिनालाई १ मतले हराउँदै अध्यक्षमा बाजी मारेका थिए ।  

उक्त निर्वाचनमा ९२ मतदातामध्ये ८८ मत खसेको थियो । जसमा सागर ढकालले ४५ मत प्राप्त गरे भने तिमिल्सिनाले ४३ मत प्राप्त गरेका थिए । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.