शनिबार, फाल्गुन १०,२०८१ 11:24:48
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 11:24:48
IME remit
Global IME Bank Limited

प्रत्येक शनिबार एनसेलको फ्ल्यास सेल्स, ग्राहकलाई बोनस

Hyundai Nepal
प्रत्येक शनिबार एनसेलको फ्ल्यास सेल्स, ग्राहकलाई बोनस
Nabil Bank Limited

काठमाण्डौ । एनसेलले एक विशेष साप्ताहिक फ्ल्याशसेल्स अफर संचालनमा ल्याएको छ।

यो योजनाले प्याक लिएर अफरमा सहभागी हुने प्रत्येक ग्राहकलाई प्रत्येक शनिबार डेटा वा भ्वाइस टकटाइम बोनस प्रदान गर्दछ।

शनिबारका दिन मात्र उपलब्ध हुने यो अफरले ग्राहकलाई बिना कुनै अतिरिक्त शुल्क थप सेवा प्रदान गर्दछ।

Shivam Cement
CG Motors
Sagarmatha Cement

मंसिर २२ बाट संचालनमा आएको यो अफर पुष १३ सम्म लागू रहनेछ र यो अवधिको हरेक शनिबार ग्राहकहरुले सधैं अनका निश्चित प्याकहरु र अनलिमिटेड डेटा प्याकहरूको खरिदमा बोनस डेटा वा भ्वाइस टकटाइमको फाइदा लिन सक्छन्।

प्याकको आधारमा, ग्राहकहरूले १ जीबीदेखि १० जीबी डेटा वा १० देखि १०० मिनेटसम्मको अननेट टकटाइम बोनसको रूपमा प्राप्त गर्दछन्।

यो अफरको फाइदा लिनको लागि, ग्राहकहरूले आफ्नो डिभाइसमा एनसेल एप रहेको हुनुपर्दछ।

यदि एप नभएको खण्डमा डाउनलोड गरि ग्राहकलेआफ्नो एनसेल नम्बर प्रयोग गरेर लगइन वा साइनअप गर्नुपर्दछ।

प्रत्येक शनिबार, ग्राहकहरूले एनसेल एपको फ्ल्याशसेल्स सेक्सनमा गई सधैंअन वा अनलिमिटेड डेटाप्याकहरू खरिद गर्नसक्छ । खरिदपश्चात तत्काल बोनस डेटा वा टकटाइम प्राप्त गर्न सक्छन्।

यो अफर सधैंअनका रु ३९९ देखि रु ९९९ सम्मका प्याकहरु र रु५०, रु १२५ र रु९९९ का अनलिमिटेड डेटाप्याकहरुमा उपलब्ध छन् ।  

प्याक सुचारु भएसँगै ग्राहकले बोनस डेटा र टकटाइम प्राप्त गर्दछन्।

उदाहरणका लागि रु ३९९ को सधैंअन खरिद गर्ने ग्राहकले प्याकमा पाइने  ८ जीबी डेटा, ३९९ मिनेट टकटाइम र ३९ वटा एसएमएस  सेवाबाहेक थप १ जीबी डेटा बोनसस्वरुप प्राप्त गर्दछन्।

यसैगरी, अनलिमिटेड डेटाप्याक खरिद गर्ने ग्राहकले पनि बोनस टकटाइम प्राप्त गर्दछन्।

जस्तै ३ दिनको समयसीमा रहेको रु १२५ पर्ने अनलिमिटेड डेटाप्याकको खरिदमा ग्राहकले २० मिनेट अननेट टकटाइम बोनस प्राप्त गर्दछन्।

यो अफरले बिनाकुनै अतिरिक्त शुल्क थप सेवा बोनसका रुपमा प्रदान गर्ने र ग्राहकलाई डिजिटल बन्न सहयोग गर्ने भएकोले यसले विशेष महत्व राख्ने एनसेलले जनाएको छ।सधैंअन प्याक खरिद गर्ने ग्राहकले एनसेल एपको माध्यमबाट आफ्नो बाँकी डेटालाई भ्वाइसमा वा बाँकी भ्वाइसलाई डेटासँग साट्न सक्ने विशेष सुविधा पनि प्रदान गर्दै आएको छ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.