अन्तिम १५ मिनेटको नियम स्थगन, सूचक गणना विधि सुधार्न अध्ययन गरिने
काठमाण्डौ । सेयर बजारको प्रमुख नियामक नेपाल धितोपत्र बोर्डले सेयर कारोबारको अन्तिम १५ मिनेटको औसतका आधारमा नेप्से सूचक तथा कारोबार मूल्य गणना गर्ने विधि स्थगन गरेको छ । सेबोनको शनिवार बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

