१० अर्ब बढी कारोबारसहित २७०० विन्दुमाथि पुगेको बजारको अबको सम्भावना कस्तो ?
काठमाण्डौ । चार कारोबार पछि आज नेप्से १० अर्बको कारोबारसहित २७ सयको विन्दुमाथि पुगेको छ । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा कारोबार तथा भोल्युमबाट पनि बुलिस बन्दै गरेको देखिन्छ । बजारलाई डाउ थेउरीबाट नियाल्दा पनि हायर हाई र हायर लोका सिरिज बनाएको देखिन्छ । पछिल्लो पटक २५७० विन्दुमा नयाँ लो बनाएको बजारले त्यहाँबाट फर्केर २५८६ र २६७२ विन्दुमा नयाँ हायर लो बनाएको छ ।...

