२७ सय विन्दु नजिक पुग्यो नेप्से, कारोबारसँगै सूचकमा पनि सुधार
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.७३ प्रतिशत अर्थात १९.५६ अंकले बढेर २ हजार ६९८.०३ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७८ प्रतिशतले बढेर ४५३.४२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०९ वटा स्क्रिप्टको २ करोड ९ लाख ८४ हजार ४४० कित्ता सेयर ९ अर्ब ४७...

