अब खातामा आएकै दिन सेयर बेच्न मिल्ने !
काठमाण्डौ । सीडीएससीले हाल नयाँ एपीआई पोलिसी लागू गरेको छ । हाल नयाँ एपीआई पोलिसी नयाँ टीएमएस लिने ब्रोकरहरुले मात्रै प्रयोग गरेका छन् । सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले दिएको जानकारी अनुसार नयाँ एपीआई अपग्रेड गरेका नयाँ तथा पुराना टीएमएस चलाउने सबै ब्रोकरहरुबाट खातमा आएकै दिनमा सेयर बेच्न मिल्ने छ ।

