पुनः २६ सयको विन्दुबाट झर्यो नेप्से, जानकार भन्छन्, ‘पर्ख र हेरको अवस्थामा लगानीकर्ता’
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.१७ प्रतिशत अर्थात ४.४५ अंकले घटेर २ हजार ५९५.७४ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२७ प्रतिशतले घटेर ४४३.९० विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०६ वटा स्क्रिप्टको १ करोड ९६ लाख ५० हजार २१०...

