सुनको मूल्यले बनायो नयाँ रकेर्ड, प्रतितोला कतिमा भईरहेको छ कारोबार ?
काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च भएको छ । अघिल्लो दिन घटेको सुनको मूल्य आज भने बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।