डलर बलियो बन्दा घट्यो सुनको मूल्य, कति पुग्यो भाउ ?
काठमाण्डौ । डलरको मूल्य बलियो बन्दा अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य ०.५४ प्रतिशत अर्थात १४ डलरले घटेको छ । यो गिरावटसँगै सुनको मूल्य अन्तराष्ट्रिय बजारमा प्रतिऔंस २ हजार ६३७ डलरमा सीमित बनेको छ ।