सुनको मूल्य करिब २० डलरले बढ्यो, कति पुग्यो भाउ ?
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएको छ । आजको कारोबारमा सुनको मूल्य ०.६१ प्रतिशत अर्थात १९.४३ डलरले बढेको हो । यससँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३ हजार २२८ डलरमा कारोबार भईरहेको छ ।

