बिहीबार, आश्विन ३०,२०८२ 02:03:58
IME remit
  • बिहीबार, आश्विन ३०,२०८२ 02:03:58
यी हुन् सँसारका १० ब्यस्त एयरपोर्ट, दुबई दोश्रो नम्बरमा
विश्व अर्थतन्त्र

यी हुन् सँसारका १० ब्यस्त एयरपोर्ट, दुबई दोश्रो नम्बरमा

काठमाण्डौ । सन् २०२४ मा कोभिडपछि पहिलो पटक यही अप्रिल १४ मा एयरपोर्ट काउन्सिल इन्टरन्यासनलले बिभिन्न तथ्याँकका आधारमा बिश्वका १० ब्यस्त एयरपोर्ट सार्वजनिक गरेको छ ।  उक्त तथ्याँकले सन् २०१९ को कोभिडपछि पहिलोपटक हवाई उडानमा प्यासेञ्जरको चाप बढेको देखाएको छ । 

भारतको हालसम्मकै ठूलो बैंकिङ घोटालाका आरोपी बेल्जियममा पक्राउ
विश्व अर्थतन्त्र

भारतको हालसम्मकै ठूलो बैंकिङ घोटालाका आरोपी बेल्जियममा पक्राउ

काठमाण्डौ । भारतको सबैभन्दा ठूलो बैंकिङ घोटालाका फरार हिरा व्यापारी मेहुल चोक्सी बेल्जियममा पक्राउ परेका छन् । भारतको केन्द्रीय अनुसन्धान ब्यूरो अर्थात् सीबीआईको अनुरोधमा चोक्सीलाई गिरफ्तारी गरिएको हो ।समाचार एजेन्सी पीटीआईले आधिकारिक स्रोतलाई उद्धृत गर्दै व्यापारी मेहुल चोक्सीलाई पक्राउ गरिएको जनाएको छ । हिरा व्यापारी मेहुल चोक्सी र उनका भतिजा नीरव मोदीमाथि सरकारी...

अमेरिकाले स्मार्टफोन र कम्प्युटरमा दिएको ट्यारिफ छुट अस्थायी
विश्व अर्थतन्त्र

अमेरिकाले स्मार्टफोन र कम्प्युटरमा दिएको ट्यारिफ छुट अस्थायी

काठमाण्डौ । अमेरिकी वाणिज्य सचिव होवार्ड लुटनिकले स्मार्टफोन र कम्प्युटरलगायत अन्य विद्युतीय सामानहरूलाई पारस्परिक ट्यारिफबाट दिइएको छुट अस्थायी भएको बताएका छन् ।  लुटनिकले यस्तो शुल्कहरू छुट्टै सेमिकन्डक्टर ट्यारिफ अन्तर्गत योजना गरिएको बताए। यो पछि घोषणा गरिने उनले बताएका छन्।

भारतमा केन्द्रीत हुँदै एप्पल, एक वर्षमा २२ अर्ब डलरबराबरको आईफोन एसेम्बल
विश्व अर्थतन्त्र

भारतमा केन्द्रीत हुँदै एप्पल, एक वर्षमा २२ अर्ब डलरबराबरको आईफोन एसेम्बल

काठमाण्डौ । एप्पलले एक वर्षको अवधिमा भारतमा २२ अर्ब डलरबराबरको आईफोन एसेम्बल गरेको छ । यो रकम अघिल्लो वर्षको तुलनामा ६० प्रतिशतले बढी हो ।  यसले एप्पलले चीनबाट उत्पादन सिफ्ट गर्दै भारतमा केन्द्रीय भईरहेको संकेत गरेको जनाइएको छ । यतिबेला एप्पले भारतमा २० प्रतिशत आईफोन उत्पादन गरिरहेको ब्लूमबर्गले जनाएको छ ।  

केएफसीको टर्की अपरेटर टाट पल्टियो, ५३७ आउटलेट बन्द हुनुका साथै ७ हजारले जागिर गुमाउने
विश्व अर्थतन्त्र

केएफसीको टर्की अपरेटर टाट पल्टियो, ५३७ आउटलेट बन्द हुनुका साथै ७ हजारले जागिर गुमाउने

काठमाण्डौ । टर्कीको केएफसी अपरेटर‘आईएस गिडा’टाट पल्टिएको छ । टर्कीका लागि केएफसीको फ्रेन्चाईजी अपरेटर आईएस गिडाले यसका लागि गत साता आवेदन दिएको हो ।  कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) इलकेम सहिनले कम्पनीको तिर्न बाँकी ऋण २१४ मिलियन डलर(७.७ अर्ब टर्किस लिरा) पुगेको बताएका छन् ।  यससँगै अब टर्कीमा कम्पनीका ५३७ वटा रेष्टुरेन्ट बन्द हुने भएका छन्  भने करिब ७ हजारले...

स्मार्टफोन र कम्प्युटरलगायतका विद्युतीय सामाग्रीमाथिको नयाँ ट्यारिफमा छुट दिने ट्रम्पको घोषणा
विश्व अर्थतन्त्र

स्मार्टफोन र कम्प्युटरलगायतका विद्युतीय सामाग्रीमाथिको नयाँ ट्यारिफमा छुट दिने ट्रम्पको घोषणा

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले स्मार्टफोन, कम्प्युटर र केही अन्य इलेक्ट्रोनिक उपकरणहरूलाई ‘पारस्परिक’ भन्सार करहरूमा छुट दिने निर्णय गरेको छ । जसमा चिनियाँ आयातमा लगाइएको १२५ प्रतिशत ट्यारिफ पनि समावेश छ।यूएस कस्टम एण्ड बोर्डर प्याट्रोलले एक सूचना जारी गर्दै यी वस्तुहरुलाई ट्रम्पले लगाएको १० प्रतिशत ग्लोबल ट्यारिफ र ठूलो परिमाणको चिनियाँ आयात...

अमेरिकी ट्यारिफविरुद्ध चीनले दियो डब्ल्यूटीओमा अर्को उजुरी
विश्व अर्थतन्त्र

अमेरिकी ट्यारिफविरुद्ध चीनले दियो डब्ल्यूटीओमा अर्को उजुरी

काठमाण्डौ । अमेरिका र चीनबीच जारी ट्यारिफ युद्धका बीच चीनले अमेरिकी भन्सार करविरुद्ध विश्व व्यापार संगठनमा थप उजुरी गरेको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार विश्व व्यापार सङ्गठनमा चीनको मिसनले अमेरिकाले लगाएको शुल्कबारे विश्व व्यापार संगठनमा थप उजुरी परेको हो ।  यसअघि गत फेब्रुअरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमा १० प्रतिशत भन्सार महसुल बढाएको...

अमेरिकी ट्यारिफका कारण विकासशील देशहरुमा भयावह प्रभाव पर्ने राष्ट्र संघको चेतावनी
विश्व अर्थतन्त्र

अमेरिकी ट्यारिफका कारण विकासशील देशहरुमा भयावह प्रभाव पर्ने राष्ट्र संघको चेतावनी

काठमाण्डौ । संयुक्त राष्ट्र संघले अमेरिकी ट्यारिफ नीतिका कारण विकासशील देशहरुमा भयावह प्रभाव पर्ने चेतावनी दिएको छ । संयुक्त राष्ट्र संघको व्यापार एजेन्सी,‘इन्टरनेशनल ट्रेड सेन्टर(आईटीसी)का निर्देशकले यस्तो चेतावनी दिएको हो ।  सेन्टरका निर्देशक पमेला कोक ह्यामिल्टनले अमेरिकी राष्ट्रपतिले विभिन्न देशहरुमाथि लगाएको ट्यारिफ र वैदेशिक सहायतामा कटौतीका कारण विकासशील...

अमेरिकालाई चीनको काउन्टर, अमेरिकी वस्तुहरुमाथि १२५% पुर्यायो ट्यारिफ
विश्व अर्थतन्त्र

अमेरिकालाई चीनको काउन्टर, अमेरिकी वस्तुहरुमाथि १२५% पुर्यायो ट्यारिफ

काठमाण्डौ । चीनले फेरि अमेरिकाबाट आयात हुने वस्तुमा कर बढाएको छ । यससँगै चीनले अमेरिकामाथि लगाएको भन्सार शुल्क १२५ प्रतिशत पुगेको छ । यसअघि बुधबार चीनले अमेरिकी सामानमा ८४ प्रतिशत कर लगाउने घोषणा गरेको थियो । चीनले लगाएको नयाँ भन्सार दर शनिबारदेखि लागू हुनेछ ।यद्यपी चीनले अमेरिकाले यसपछि शुल्क बढाए पनि जवाफी कारबाही नगर्ने बताएको छ ।

चीन र अमेरिकाबीच एक अर्कालाई ट्यारिफ लगाउने प्रतिष्पर्धा, ट्रम्पले फेरि थप्दै १४५% पुर्याए
विश्व अर्थतन्त्र

चीन र अमेरिकाबीच एक अर्कालाई ट्यारिफ लगाउने प्रतिष्पर्धा, ट्रम्पले फेरि थप्दै १४५% पुर्याए

काठमाण्डौ । अमेरिकाले चीनमाथिको भन्सार शुल्क १२५ प्रतिशतबाट बढाएर १४५ प्रतिशत पुर्याएको छ । ह्वाइट हाउसले अमेरिका आउने चिनियाँ सामानमा १४५ प्रतिशत कर लगाएको जनाएको छ । बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करवृद्धि गरी १२५ प्रतिशत पुर्याउने बताएका थिए ।

चीनले एडभाईजरी जारी गर्दै आफ्ना नागरिकलाई भन्यो, ‘अमेरिका जानुअघि सोचौं’
विश्व अर्थतन्त्र

चीनले एडभाईजरी जारी गर्दै आफ्ना नागरिकलाई भन्यो, ‘अमेरिका जानुअघि सोचौं’

काठमाण्डौ । अमेरिकासँग बढ्दो व्यापार युद्धका बीच चीनले आफ्ना नागरिकहरूलाई अमेरिका यात्रामा सजगता अपनाउन चेतावनी दिएको छ ।चीनको संस्कृति तथा पर्यटन मन्त्रालयले ट्राभल एडभाइजरी जारी गर्दै यस्तो चेतावनी दिएको हो । मन्त्रालयले आफ्ना नागरिकलाई अमेरिका जानुअघि ‘सावधानीपूर्वक यात्रा’ र ‘जोखिमको राम्ररी आँकलन’ गरी ‘विचारपूर्वक यात्रा’ गर्न सुझाव दिएको छ ।

अमेरिकी ट्यारिफका कारण आईफोनको मूल्य तीन गूणासम्म बढ्न सक्ने !
विश्व अर्थतन्त्र

अमेरिकी ट्यारिफका कारण आईफोनको मूल्य तीन गूणासम्म बढ्न सक्ने !

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको ट्यारिफ कार्यान्वयनमा आएसँगै अमेरिकी उपभोक्ताहरुले लत्ता कपडादेखि विद्युतीय सामग्रीहरुको मूल्यवृद्धिको सामना गर्नुपर्ने भएको छ । यसैबीच एकजना दिग्गज टेक विश्लेषकले अमेरिकामा निर्मित आईफोनको मूल्य तेब्बरसम्मले वृद्धि हुनसक्ने दाबी गरेका छन् ।वेडबस सेक्युरिटिमा टेक्नोलोजि ग्लोबल हेडको रुपमा कार्यरत ड्यान...

अमेरिकी ट्यारिफविरुद्ध एकजुट हुन चीनले गरेको अपिल अष्ट्रेलियाद्वारा अस्वीकार
विश्व अर्थतन्त्र

अमेरिकी ट्यारिफविरुद्ध एकजुट हुन चीनले गरेको अपिल अष्ट्रेलियाद्वारा अस्वीकार

काठमाण्डौ । अष्ट्रेलियाले अमेरिकी ट्यारिफविरुद्ध एकजुट हुन चीनले गरेको प्रस्तावलाई अस्विार गरेको छ । अष्ट्रेलियाका रक्षामन्त्री रिचर्ड मार्लेसले ट्रम्पको ट्यारिफ र आर्थिक अनिश्चितताको सामना गर्दै एकताको लागि चीनको अपील अस्वीकार गरेका हुन्।  अष्ट्रेलियाका अखबारका लागि लेखिएको लेखमा अस्ट्रेलियाका लागि चिनियाँ राजदूत शाओले नयाँ परिस्थितिमा चीन अष्ट्रेलिया र...

ट्रम्पको कडा भन्सार शुल्कप्रति चीनको प्रतिक्रिया, ‘हामी चुप बस्दैनौं’
विश्व अर्थतन्त्र

ट्रम्पको कडा भन्सार शुल्कप्रति चीनको प्रतिक्रिया, ‘हामी चुप बस्दैनौं’

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२५ प्रतिशत कर लगाएपछि चीनले पनि कडाइ गरेको छ । एक चिनियाँ अधिकारीले अमेरिकी ट्यारिफप्रति प्रतिक्रिया जनाउदै चीन चुप लागेर नबस्ने बताएका छन् ।  अमेरिकाले चीनमा १०४ प्रतिशत कर लगाउने घोषणा गरेपछि चीनले जवाफी कारबाही गरेको थियो । चीनको अर्थ मन्त्रालयले अमेरिकाबाट आयात हुने वस्तुमा ३४ प्रतिशतबाट बढाएर ८४ प्रतिशत पुर्याउने...

ट्रम्पको ट्यारिफ ९० दिनका लागि स्थगन भएपछि अमेरिकी सेयर बजारमा उछाल, चीनलाई भने १२५% कायमै
विश्व अर्थतन्त्र

ट्रम्पको ट्यारिफ ९० दिनका लागि स्थगन भएपछि अमेरिकी सेयर बजारमा उछाल, चीनलाई भने १२५% कायमै

काठमाण्डौ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो ट्यारिफ घोषणा विश्व अर्थतन्त्रमा पुनः तरंग ल्याएको छ। उनले ९० दिनका लागि अधिकांश पारस्परिक ट्यारिफहरूमा रोक लगाउने निर्णय गरेपछि अमेरिकी शेयर बजार आकाशिएको छ, यद्यपि चीनमाथि भने १२५ प्रतिशतको दरमा शुल्क लगाउने निर्णय कायम छ।ट्रम्पले Truth Social मा पोस्ट गर्दै भने, “मैले ९० दिनको लागि लागू भएका सबै Reciprocal Tariff हरूमा ‘PAUSE’ को...

अमेरिकी शुल्कविरुद्ध चीनको कडा जवाफ: ८४% थप शुल्क र अमेरिकी कम्पनीहरूमाथि प्रतिबन्ध, डब्ल्यूटीओमा मुद्दा
विश्व अर्थतन्त्र

अमेरिकी शुल्कविरुद्ध चीनको कडा जवाफ: ८४% थप शुल्क र अमेरिकी कम्पनीहरूमाथि प्रतिबन्ध, डब्ल्यूटीओमा मुद्दा

काठमाण्डौ । अमेरिकाले चिनियाँ सामानमा १०४ प्रतिशत शुल्क लगाएपछि चीनले बुधबार एकैदिनमा थुप्रै जवाफी कदमहरू चालेको छ। यसमा अमेरिकाबाट आयात हुने सामानमा थप शुल्क ८४ प्रतिशतसम्म पुर्‍याउने, १२ अमेरिकी संस्थालाई निर्यात नियन्त्रण सूचीमा राख्ने र ६ अमेरिकी कम्पनीलाई अविश्वसनीय संस्था सूचीमा समावेश गर्ने निर्णय समावेश छ। साथै, चीनले अमेरिकी शुल्कविरुद्ध विश्व व्यापार संगठन...

चीन–अमेरिका ट्यारिफ वारः ट्रम्पको ट्यारिफको बदलामा चीनले पनि लगायो थप ५०% भन्सार शुल्क
विश्व अर्थतन्त्र

चीन–अमेरिका ट्यारिफ वारः ट्रम्पको ट्यारिफको बदलामा चीनले पनि लगायो थप ५०% भन्सार शुल्क

काठमाण्डौ । अमेरिकाले लगाएको १०४ प्रतिशत करको बदलास्वरुप चीनले अमेरिकामा थप ५० प्रतिशत कर लगाएको छ । यसको मतलब अमेरिकाले पहिलेको ३४ प्रतिशतको सट्टा अब ८४ प्रतिशतको कुल करको सामना गर्नुपर्नेछ।चीनको अर्थ मन्त्रालयले अमेरिकाबाट आउने सबै सामानमा थप कर लगाउने घोषणा गरेको छ । मन्त्रालयका अनुसार यी नयाँ शुल्कहरू अप्रिल १० मा चीनको स्थानीय समय दिउँसो १२ः१ बजेदेखि लागू हुनेछन्।

अमेरिकी ट्यारिफबारे चिनियाँ राष्ट्रपति भन्छन्,‘ अब छिमेकी देशसँग सम्बन्ध सुदृढ गर्नुपर्छ’
विश्व अर्थतन्त्र

अमेरिकी ट्यारिफबारे चिनियाँ राष्ट्रपति भन्छन्,‘ अब छिमेकी देशसँग सम्बन्ध सुदृढ गर्नुपर्छ’

काठमाण्डौ । चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकाले लगाएको १०४ प्रतिशत ट्यारिफप्रति प्रतिक्रिया व्यक्त गरेका छन् । सी जिनपिङले अमेरिकाको करवृद्धिको सामना गर्न चीनले आफ्ना छिमेकी देशहरूसँग सम्बन्ध सुदृढ गर्नुपर्ने बताएका छन् ।  नयाँ अमेरिकी कर लागू भएपछि सी जिनपिङले करबारे बोलेको यो पहिलो पटक हो।

भारतको केन्द्रीय बैंकले घटायो रेपो रेट, घर कर्जा सस्तो हुने
विश्व अर्थतन्त्र

भारतको केन्द्रीय बैंकले घटायो रेपो रेट, घर कर्जा सस्तो हुने

काठमाण्डौ । भारतको केन्द्रीय बैंक,‘भारतीय रिजर्भ बैंक(आरबीआई)’ले रेपो दरमा कटौतीको घोषणा गरेको छ । आरबीआईका गभर्नर सञ्जय मल्होत्राले बुधबार मौद्रिक नीति समितिको बैठकमा यो निर्णय गरेको जानकारी दिका हुन् । जसका कारण गृह ऋण सस्तो हुने सम्भावना छ।सञ्जय मल्होत्राले भने, ‘आर्थिक अवस्था र भावी अवस्थालाई राम्ररी मूल्याङ्कन गरेपछि मौद्रिक नीति समिति .एमपीसी) ले रिपो दरलाई ०.२५...

ट्रम्पको ट्यारिफका कारण पाकिस्तानमा आईफोनको मूल्य १० लाखसम्म पुग्ने !
विश्व अर्थतन्त्र

ट्रम्पको ट्यारिफका कारण पाकिस्तानमा आईफोनको मूल्य १० लाखसम्म पुग्ने !

काठमाण्डौ । अमेरिका र चीनले एकअर्कामाथि लगाएको करका कारण विश्वभरका जनताको दैनिक जनताको दैनिक जीवनस्तर प्रभावित हुने भय सर्वत्र व्याप्त छ । यसको उदाहरण स्मार्टफोन कम्पनी एप्पलको लोकप्रिय उत्पादन आईफोनलाई लिन सकिन्छ । विज्ञहरुका अनुसार नयाँ ‘ट्यारिफ वार’का कारण आईफोन अब निकै महँगो हुनसक्छ । व्यापार कर वा ट्यारिफहरू सेवाहरू नभई वस्तुहरूमा लगाइएका छन्। अमेरिकी...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.