सुनको मूल्यमा उछाल ,एकैदिन १४६ डलरले बढ्यो
काठमाण्डौ । सुनको मूल्य अल टाइम हाईमा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य ३.६५ प्रतिशत अर्थात १४६ डलरले बढेको हो । यससँगै सुनको कारोबार प्रतिऔंस ४ हजार १६४ डलरमा कारोबार भईरहेको छ । सुनको मूल्यले प्रतिऔंस ४१ सय डलरको आँकडा पार गरेको यो पहिलोपटक हो ।