ट्रम्प ‘वार्ताका लागि तयार’ : इस्लामाबादमा फेरि अमेरिका-ईरान संवाद हुने
इस्लामाबाद । अमेरिका र ईरानबीच बढ्दो तनावका बीच पाकिस्तानले दोस्रो चरणको शान्ति वार्ता आयोजना गर्ने पहल अघि बढाएको छ। इस्लामाबादस्थित कूटनीतिक स्रोतहरूका अनुसार पाकिस्तानले दुवै पक्षलाई पुनः वार्तामा बसाउन सक्रिय प्रयास गरिरहेको छ र आगामी दुई दिनभित्र बैठक हुन सक्ने सम्भावना रहेको छ।

