मंगलवार, श्रावण १२,२०८३ 11:42:26
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 11:42:26
Bizshala
Global IME Bank Limited

तेलको मूल्यमा पुनः उछाल, प्रतिब्यारेल कति पुग्यो ?

तेलको मूल्यमा पुनः उछाल, प्रतिब्यारेल कति पुग्यो ?
New Office

काठमाण्डौ । विश्व बजारमा कच्चा तेलको मूल्य बुधबार २ प्रतिशत बढीले वृद्धि भएको छ। अमेरिकाले इरानविरुद्ध हवाई आक्रमण गरेपछि र इरानी कच्चा तेल बिक्रीमा पुनः प्रतिबन्ध लगाएपछि मध्यपूर्वबाट हुने तेल आपूर्तिमा अवरोध आउन सक्ने चिन्ता बढेसँगै तेलको मूल्य वृद्धि भएको हो ।

अमेरिकी सेनाले हर्मुज जलमार्ग हुँदै यात्रा गरिरहेका तीनवटा व्यापारिक जहाजमाथि भएको आक्रमणको जवाफमा इरानमाथि हवाई कारबाही गरेको जनाएको छ। विश्वभरको उर्जा आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण मानिने हर्मुज जलमार्गबाट युद्ध सुरु हुनुअघि विश्वको करिब पाँच भागमध्ये एक भाग ऊर्जा ढुवानी हुने गरेको थियो।

बुधबारको कारोबारमा ब्रेन्ट क्रुडको मूल्य २.५९ प्रतिशतले बढेर प्रतिब्यारेल ७६.०८ डलर पुगेको छ । यस्तै डब्लूटीआई क्रुडको मूल्यपनि २.६० प्रतिशतले बढेर प्रतिब्यारेल ७२.२७ डलर कायम भएको छ ।

यसअघि मंगलबार पनि तेलको मूल्य करिब ३ प्रतिशतले बढेको थियो। अमेरिकाले इरानी कच्चा तेल बिक्रीका लागि दिइएको अनुमति खारेज गरेपछि बजारमा आपूर्ति घट्ने डर बढेको हो।

पछिल्लो घटनाले हर्मुज जलमार्गको सुरक्षा अवस्था अझै नाजुक बनेको छ। यदि तनाव लामो समयसम्म जारी रह्यो र उक्त जलमार्गबाट हुने ढुवानी उल्लेखनीय रूपमा घट्यो भने तेलको मूल्य अझै माथि जान सक्ने सम्भावना देखिएको छ ।

अमेरिका र इरानबीच भएको पछिल्लो युद्धविरामपछि तेलको मूल्य युद्धअघिको स्तरमा फर्किएको थियो। त्यसपछि बजारमा इरानी तथा मध्यपूर्वी तेल आपूर्ति बढ्ने अपेक्षाले लगानीकर्ताहरूले तेलको मूल्य घट्ने अनुमान गर्दै ठूलो मात्रामा ‘सर्ट पोजिसन’ लिएका थिए। तर नयाँ तनावले ती अनुमानमा पुनः अनिश्चितता थपिएको छ।

कतारले आफ्नो एलएनजी ट्यांकरसहितका जहाजमाथि भएको आक्रमणका लागि इरानलाई जिम्मेवार ठहराएको छ भने इरानले भने आक्रमणको जिम्मेवारी स्वीकार गरेको छैन।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.