आँखुखोला जलविद्युतले धादिङको अपर आँखुखोला जलविद्युत आयोजनामा ५ करोड लगानी गर्ने
काठमण्डौ । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले धादिङमा निर्माण हुने ४४ मेगावाट क्षमताको अपर आँखुखोला जलविद्युत आयोजनामा ५ करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको छ।कम्पनीको असोज ७ गते बसेको सञ्चालक समितिको बैठकले धादिङ आँखुखोला हाइड्रो प्रालिले प्रवर्द्धन गर्न लागेको अपर आँखुखोला जलविद्युत आयोजनामा उक्त रकम लगानी गर्ने निर्णय गरेको हो।

