बुधबार, भाद्र ३,२०८३ 03:52:47
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 03:52:47
Bizshala
Global IME Bank Limited

आँखुखोला जलविद्युतले हकप्रद निष्कासनका लागि तय गर्यो बुक क्लोज मिति, कहिलेसम्म बन्ने सेयरधनी ?

आँखुखोला जलविद्युतले हकप्रद निष्कासनका लागि तय गर्यो बुक क्लोज मिति, कहिलेसम्म बन्ने सेयरधनी ?
New Office

काठमाण्डौ । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद निष्कासनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले १ः१.५ अनुपातमा हकप्रद निष्कासनका लागि बुक क्लोजको मिति तय गरेको हो ।  

कम्पनीले हकप्रद निष्कासनका लागि आगामी साउन १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असार ३१ गतेसम्म नेप्सेमा कारोकार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीले जारी गर्ने हकप्रदमा आवेदन दिनका लागि योग्य हुनेछन् ।  

Bizshala
CG Motors

कम्पनीले १ः१.५ अनुपातमा अर्थात रु.१०० अंकित दरका १ अर्ब २० करोड रुपैयाँबराबरको १ करोड २० लाख कित्ता हकप्रद निष्कासन गर्नेछ । यसका लागि कम्पनीले असार १९ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाईसकेको छ ।  

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.