काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति पाएको छ । कम्पनीले असार १९ गते नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्कासनको अनुमति पाएको हो ।
बोर्डले कम्पनीलाई १ः१.५ अनुपातमा अर्थात १ करोड २० लाख कित्ता हकप्रद निष्कासनको लागि स्वीकृति प्रदान गरेको छ ।
कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।