५ बिलियन डलरबराबरको बोण्ड बिक्री गर्ने खबरले अलिबाबाको सेयरमूल्यमा पहिरो
काठमाण्डौ । चिनियाँ बहुराष्ट्रिय प्रविधि कम्पनी अलिबाबाको सेयरमूल्यमा पहिरो गएको छ । कम्पनीले ५ बिलियन डलरबराबरको कन्भर्टिबल बोण्ड बिक्री गर्ने घोषणा गरेपछि आज कम्पनीको सेयरमूल्य ५ प्रतिशतले ओरालो लागेको हो । हङकङको सेयर बजारमा सूचीकृत कम्पनीको सेयरमूल्य आज ५.२४ प्रतिशतले घटेको छ । यस्तै न्यूयोर्कमा पनि सूचीकृत अलिबाबाको सेयरमूल्य २.०३ प्रतिशतले घटेको छ । आज हङकङको...