मंगलवार, भाद्र ३०,२०८३ 11:03:22
Bizshala
  • मंगलवार, भाद्र ३०,२०८३ 11:03:22
Bizshala
Global IME Bank Limited

अलिबाबाको सेयरमूल्यमा उछाल, एआई क्षेत्रमा आक्रामक लगानी गर्ने घोषणा

अलिबाबाको सेयरमूल्यमा उछाल, एआई क्षेत्रमा आक्रामक लगानी गर्ने घोषणा
New Office

काठमाण्डौ । चिनियाँ ई–कमर्स कम्पनी अलिबाबाबो सेयरमूल्यमा उछाल आएको छ । हङकङको सेयर बजार मापक इनडेक्स,‘हाङसेङ इन्डेक्स’मा सूचिकृत अलिबाबाको सेयरमूल्य शुक्रबार १४.६ प्रतिशतले बढेको हो ।  

कम्पनीले आगामी तीन वर्षभित्र एआईमा आक्रामक रुपमा लगानी गर्ने घोषणा गरेसँगै र कम्पनीको नाफामा उल्लेख्य सुधार आउदा कम्पनीको सेयरमूल्यमा उछाल आएको हो ।  

कम्पनीका प्रमुख कार्यकारी एड्डी वुले गत बिहिबार अलिबाबा ग्रुपले क्लाउड व्यवसाय र एआई पूर्वाधारमा आगामी तीन वर्षभित्र लगानी बढाउने बताएका थिए । तर उनले कम्पनीले कति लगानीको योजना बनाईरहेको छ भन्ने बारे केही पनि खुलाएनन् ।  

Shivam Cement
Bizshala
CG Motors

सन् २०२४ मा अलिबाबाको पूँजीगत खर्च १० अर्ब डलर रहेको थियो । जुन अघिल्लो वर्षको तुलनामा धेरै हो । कम्पनीले प्रोसेसरको खरिद र लार्ज ल्याङग्वेज मोडलको टे«निङका लागि पूर्वाधारमा लगानी बढाएको छ ।  

वुले कम्पनीको मुख्य उद्देश्य एआईको विकासमा जोड दिनु र एआईलाई मावन जत्तिकै सोच्न सक्ने स्तरमा पुर्याउनु रहेको बताए । कम्पनीले कठिन टास्कहरु पुरा गर्ने उद्देश्यसहित डिपसिक र ओपन एआईसँग प्रतिष्पर्धा गर्न डिप रिजनिङ मोडल चाडै नै लञ्च गर्ने समेत जनाएको छ ।  

यस्तै कम्पनीको आम्दानीमा समेत सुधार देखिएको छ । कम्पनीले गत डिसेम्बर त्रैमासमा ८ प्रतिशतले आम्दानी बढाएको छ । कम्पनीको क्लाउड व्यापारमा आएको सुधारका कारण आम्दानी बढ्न गएको हो ।  कम्पनीको क्लाउड व्यवसाय १३ प्रतिशतले बढेको छ । यो वर्षको सुरुवात भएदेखि कम्पनीको सेयरमूल्य ५० प्रतिशतभन्दा बढीले बढिसकेको छ ।  

Muktinath Bikas Bank Limited

अलिबाबाका संस्थापक ज्याकमाको पुनरागमन भएसँगै कम्पनीका लगानीकर्ताको मनोबल समेत बढेको छ । विगत लामा समयदेखि सार्वजनिक कार्यक्रमहरुमा नदेखिएका ज्याकमा सोमबार चिनियाँ राष्ट्रपति सि जिङपीङ र अन्य ठूला व्यवसायीसँग देखिएका थिए ।    

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.