सोमबार, असार २,२०८२ 11:20:19
  • सोमबार, असार २,२०८२ 11:20:19
Global IME Bank Limited

५ बिलियन डलरबराबरको बोण्ड बिक्री गर्ने खबरले अलिबाबाको सेयरमूल्यमा पहिरो

Hyundai Nepal
५ बिलियन डलरबराबरको बोण्ड बिक्री गर्ने खबरले अलिबाबाको सेयरमूल्यमा पहिरो
Nabil Bank Limited

काठमाण्डौ । चिनियाँ बहुराष्ट्रिय प्रविधि कम्पनी अलिबाबाको सेयरमूल्यमा पहिरो गएको छ । कम्पनीले ५ बिलियन डलरबराबरको कन्भर्टिबल बोण्ड बिक्री गर्ने घोषणा गरेपछि आज कम्पनीको सेयरमूल्य ५ प्रतिशतले ओरालो लागेको हो ।  

हङकङको सेयर बजारमा सूचीकृत कम्पनीको सेयरमूल्य आज ५.२४ प्रतिशतले घटेको छ । यस्तै न्यूयोर्कमा पनि सूचीकृत अलिबाबाको सेयरमूल्य २.०३ प्रतिशतले घटेको छ ।  

आज हङकङको ‘हाङ सेङ’मा कारोबार भएका कम्पनीहरुमध्ये अलिबाबा तेस्रो खराब प्रदर्शन गर्ने कम्पनीको रुपमा रहेको छ ।  

कम्पनीले यहि सातादेखि बोण्ड जारी गर्न सक्ने सम्भावना रहेको अन्तराष्ट्रिय मिडियाले बताएका छन् । गत साता पनि चिनियाँ प्रतिस्पर्धि कम्पनी जेडी डट कमले पनि ०.२५ प्रतिशत कुपन रेटको १.७५ बिलियन बराबरको कन्भर्टिबल बोण्ड जारी गरेको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सन् २०२३ मा अलिबाबाको मुनाफामा ८६ प्रतिशतको गिरावट आएको थियो । कम्पनीले गत फेब्रुअरी महिनामा २५ बिलियन डलरबराबरको सेयर बाईब्याक गर्ने घोषणा समेत गरेको थियो ।  

यसअघि कम्पनीका सीईओ ईड्डी वुले कम्पनीको वृद्धिका लागि थप लगानी गर्ने योजना बनिरहेको र यस विषयमा मार्च महिनामा रणनीति बनाउने बताएका थिए ।  

थप लगानीले कम्पनीको  कोर ई–कमर्स सेक्टरलाई बढावा दिने जनाइएको छ । घरेलु अर्थतन्त्रको सुस्तताका कारण चिनियाँ उपभोक्ताले खर्चमा कटौती गरिरहेकाले कम्पनीको व्यापार समेत प्रभावित बनेको छ ।  -एजेन्सी

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.