आईतवार, बैशाख ६,२०८३ 08:47:41
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 08:47:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एप्पल र अलिबाबाबीचको सम्झौताप्रति अमेरिकाको चिन्ता

Bizshala
एप्पल र अलिबाबाबीचको सम्झौताप्रति अमेरिकाको चिन्ता
Shivam Cement

काठमाण्डौ । एप्पल र चिनियाँ प्रविधि कम्पनी अलिबाबाबीच हालै भएको सम्झौतालाई लिएर अमेरिकाको चिन्ता बढेको छ । एप्पल र अलिबाबा बीचको यो सम्झौता अनुसार, अलीबाबाको एआई टेक्नोलोजी चीनमा बिक्री हुने आईफोनहरूमा थपिनेछ ।  

न्युयोर्क टाइम्सको रिपोर्ट अनुसार अमेरिकाको ह्वाइट हाउस र चीनको हाउस सिलेक्ट कमिटीका अधिकारीहरूले एप्पललाई यस सम्झौतामा विभिन्न प्रश्नहरू सोधेका छन्।

यी प्रश्नहरूको केन्द्रमा एप्पलले अलिबाबासँग कस्तो प्रकारको प्रयोगकर्ता डेटा साझेदारी गर्ने भन्ने कुरामा जोड थियो। यसबाहेक अधिकारीहरूले एप्पलले चिनियाँ सरकारसँग कुनै गोप्य सम्झौता गरेको छ कि छैन भनेर पनि जान्न खोजेका छन्। यस सम्झौताका सम्बन्धमा अमेरिकी सांसद तथा गुप्तचर समितिका वरिष्ठ डेमोक्रेट राजा कृष्णमूर्तिले चिन्ता व्यक्त गर्दै कडा प्रतिक्रिया दिएका छन् । अलिबाबालाई चिनियाँ कम्युनिष्ट पार्टीको सैन्य–प्रविधि फ्युजनको उदाहरणको रूपमा वर्णन गर्दै उनले यो सम्झौताको बारेमा स्पष्ट जानकारीको अभाव चिन्ताजनक रहेको बताएका छन् ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

राजा कृष्णमूर्तिले यो सम्झौताले आईफोन प्रयोगकर्ताहरूको गोपनीयतालाई खतरामा पार्न सक्ने र चीनले सजिलैसँग मानिसहरूको जानकारी पहुँच गर्न सक्ने चिन्ता व्यक्त गरेका छन्। उनले यसलाई देशको सुरक्षाका लागि खतरनाक भनेका छन् ।

यो सम्झौताबारे अहिलेसम्म अलिबाबाले मात्रै पुष्टि गरेको छ, जबकि एप्पलले यसबारे कुनै प्रतिक्रिया नदिई मौनता कायम राखेको छ। यसले अमेरिकाको आशंका र चिन्ता दुवै बढाएको छ । वास्तवमा यो कुरा एउटा सम्झौतामा मात्र सीमित छैन, यसको पछाडिको कारण अमेरिका र चीनबीच बढ्दो तनाव पनि हो । चीन र अमेरिकाबीच पहिलेदेखि नै ट्यारिफ युद्ध जस्तो अवस्था छ । यस्तो अवस्थामा अमेरिकामा यो सम्झौताको विरोध तीव्र बन्दै गएको देखिन्छ ।

CG Motors
Garima Development Bank
IME remit

यो सम्झौता एप्पलको लागि धेरै महत्त्वपूर्ण छ। चीनजस्तो ठूलो बजारमा टिक्न एप्पलले यो सम्झौता गर्न बाध्य भएको विज्ञहरू बताउँछन् । यदि एप्पल र अलिबाबाबीच सम्झौता हुन सकेन भने एप्पल चीन जस्तो ठूलो बजारमा प्रविधिको दौडमा पछाडि पर्नेछ ।

चीनमा स्थानीय एप्स सधैं हावी रहदै आएको छ र स्थानीय एआई समर्थनको कमीले आईफोनको लोकप्रियता घटाउन सक्छ र चीनमा यसको बजार हिस्सा पनि घट्न सक्छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.