सुनचाँदीको स्थानीय मूल्यमा पहिरो, झरेर कतिमा सीमित भयो भाउ ?
काठमाण्डौ । सुनचाँदीको मूल्यमा बुधबार पहिरो गएको छ । नेपाली बजारमा बुधबार सुनको भाउ मंगलबारको तुलनामा प्रतितोलामा ११ हजार रुपैयाँ घटेको हो । अघिल्लो दिन प्रतितोला ३ लाख २८ हजार ६०० रुपैयाँ रहेको सुनको भाउ बुधबार भने ३ लाख १७ हजार ६०० कायम भएको हो । यसरी हेर्दा सुनको भाउमा ३.३४ प्रतिशतको पहिरो गएको देखिएको छ ।

