काठमाण्डौ । नेपाल सुनचाँदी व्यवसायी महासंघको वार्षिक साधारण सभा तथा पाचौँ महाअधिवेशन आगामी चैत २३ र २४ गते आयोजना हुने भएको छ । उक्त सभा र महाधिवेशन काठमाण्डौमा आयोजना हुनेछ ।
कार्यक्रम उद्घाटन तथा बन्द सत्र चैत २३ गते शुक्रबार हुनेछ भने अधिवेशन सत्र चैत २४ गते शनिबारका दिन हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसका साथै प्रदेश महासंघको अधिवेशन पनि आगामी चैत ३ गते एकैदिन सम्बिन्धत प्रदेशमा नै गर्ने निर्णय भएको महासंघले जनाएको छ ।