बुधबार, फाल्गुन ६,२०८२ 04:47:42
Bizshala
  • बुधबार, फाल्गुन ६,२०८२ 04:47:42
Bizshala
Global IME Bank Limited

सुनचाँदी व्यवसायमा भईरहेको अनियमित प्रवृत्तिप्रति महासंघको चेतावनी

सुनचाँदी व्यवसायमा भईरहेको अनियमित प्रवृत्तिप्रति महासंघको चेतावनी
Shivam Cement

काठमाण्डौ । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले सुनचाँदी बजारमा फैलिँदै गरेका अनियमित कारोबारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघका अनुसार, पछिल्ला समयमा चाँदीमा सुन मिसाएर गहना निर्माण गर्ने र भारतबाट वैध तथा अवैध रूपमा भित्राइएका गहनाहरू कम तौलमा, ठूलो र आकर्षक देखाएर सस्तो मूल्यमा बिक्री गर्ने प्रवृत्ति बढ्दै गएको छ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

महासंघले यस किसिमका मिश्रणयुक्त गहनाहरूले उपभोक्तालाई भ्रममा पार्ने, सुनको शुद्धता र तौलमा प्रश्न उठाउने, बैंक तथा वित्तीय संस्थामा धितो कारोबारमा समस्या सिर्जना गर्ने, र समग्र सुनचाँदी पेशाको विश्वास तथा प्रतिष्ठा खस्किने चेतावनी दिएको छ। साथै, यसले वास्तविक कालिगढ र इमानदार व्यवसायीहरूलाई प्रत्यक्ष रूपमा असर गर्ने महासंघको निष्कर्ष छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

महासंघले सबै सदस्य, व्यवसायी, कालिगढ र सरोकारवालालाई कानून विपरीत तथा गैरजिम्मेवार कारोबार नगर्न निर्देशन दिएको छ। महासचिव निर बहादुर विश्वकर्मा (विमल)ले, यस्ता गतिविधि निरन्तर भएमा सुनचाँदी व्यवसायको भविष्य नै संकटमा पर्न सक्ने भएकाले सबैलाई सजग र जिम्मेवार बन्न आग्रह गरेका छन् ।

महासंघले यस्ता अनियमति गतिविधि गरेको पाइएमा सम्बन्धित निकायमा आवश्यक कारवाहीको लागि सिफारिश गरिने चेतावनी समेत दिएको छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.