फाइनान्स कम्पनीहरुले व्यहोरे रु.५८.९८ करोड घाटा, आइसीएफसीको देखियो ग्रोथ
काठमाण्डौ । फाइनान्स कम्पनीहरुले झण्डै ५९ करोड रुपैयाँ घाटा व्यहोरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १५ फाइनान्स कम्पनी समग्रमा ५८ करोड ९८ लाख रुपैयाँ घाटामा देखिएका छन् । गत आवको सोही अवधिसम्म फाइनान्स कम्पनीहरुले १० करोड ३३ लाख रुपैयाँ नाफा कमाएका थिए । यस अवधिसम्म पोखरा फाइनान्ससहित ७ वटा कम्पनी घाटामा रहेकाले फाइनान्स कम्पनीहरुको समग्र...