शनिबार, फाल्गुन १०,२०८१ 08:27:59
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 08:27:59
IME remit
Global IME Bank Limited

फाइनान्सको सेयरमा खेल: ‘कम चुक्तापूँजीको फाइदा उठाउँदै सेयर कर्नरिङ गर्ने प्रवृत्ति बढ्दै’

Hyundai Nepal
फाइनान्सको सेयरमा खेल: ‘कम चुक्तापूँजीको फाइदा उठाउँदै सेयर कर्नरिङ गर्ने प्रवृत्ति बढ्दै’
Nabil Bank Limited

काठमाण्डौ । पछिल्लो समय सेयरबजारमा चलेको सेक्टर हो फाइनान्स सेक्टर । तर फाइनान्स कम्पनीहरुको वित्तीय अवस्था बलियो भएर चलेको भने पक्कै होइन ।  

चालु आर्थिक वर्ष पहिलो त्रैमासिक वित्तीय अवस्था हेर्दा सबैभन्दा खराब वित्तीय अवस्था फाइनान्स सेक्टरकै देखिन्छ । नेप्सेमा हाल १५ वटा वित्त कम्पनी सूचीकृत छन् । वित्तीय रिर्पोटअनुसार ९ वटा फाइनान्स नाफामा छन् भने ९ वटा कम्पनी अझैपनि घाटामा छन् ।  

यता प्रतिसेयर आम्दानी (इपीएस(को अवस्था हेर्ने हो भने ६ वटा कम्पनीको अवस्था ऋणात्मक छ । साथै १५ मध्ये ३ वटा फाइनान्सको मात्रै वितरणयोग्य मुनाफा धनात्मक छ भने १२ वटाको ऋणात्मक छ ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

खराब कर्जा अनुपात (एनपीएल(को अवस्था हेर्ने हो भने ८ वटा फाइनान्सको एनपीएल ५ प्रतिशत भन्दा माथि छ । जुन वित्तीय संस्थाको लागि जोखिमयुक्त नै मानिन्छ ।  

सेयरबजारमा अहिले फाइनान्स सेक्टर एकदमै चल्ने सेक्टर हो । अझ भन्नुपर्दा खराब वित्तीय अवस्था भएका फाइनान्स कम्पनीहरुकै सेयरभाउ उचालिने गरेको देखिन्छ । बजारमा अहिले समृद्धि फाइनान्स, नेपाल फाइनान्स र पोखरा फाइनान्स जस्ता कम्पनीका सेयरभाउ नै उचालिएको देखिएको छ । जुन कम्पनीहरुको वित्तीय अवस्था खराब छ त्यहि कम्पनीको सेयरमा चलखेल गरी उचाल्ने गरेको देखिन्छ ।  

बजारको पछिल्लो अवस्था हेर्दा फाइनान्स सेक्टरमा समृद्धि फाइनान्स सबैभन्दा चलेको कम्पनी हो । गत साता फाइनान्स समूहअन्तर्गत सबैभन्दा धेरै सेयरभाउ बढ्ने कम्पनी नै समृद्धि फाइनान्स रहेको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा पनि समृद्धि फाइनान्स र नेपाल फाइनान्स नै अग्रपङ्तिमा रहेको छ ।  

चालु आवको पहिलो त्रैमासिक वित्तीय रिर्पोटअनुसार समृद्धि फाइनान्सले १ करोड ८२ लाख रुपैयाँ घाटा ब्यहोरेको छ भने नेपाल फाइनान्सले २ करोड ४० लाख रुपैयाँ घाटा ब्यहोरेको छ ।  

यता इपीएसको अवस्था हेर्ने हो भने समृद्धिको इपीएस ८.८९ रुपैयाँ र नेपाल फाइनान्सको ३.२९ रुपैयाँ ऋणात्मक छ । त्यस्तो खराब कर्जा अनुपात समेत दुबैको बढ्दो अवस्थामा छ । पहिलो त्रैमाससम्म समृद्धिको एनपीएल २३.४७ प्रतिशत र नेपालको एनपीएल १०.३६ प्रतिशत छ ।  

वितरणयोग्य मुनाफको अवस्थामा पनि समृद्धि ६२ करोड ५४ लाख रुपैयाँ र नेपाल फाइनान्स २५ करोड ७ लाख रुपैयाँ ऋणात्मक अवस्थामा छन् । दोस्रो बजारमा भने लाभांश दिनै नसक्ने अवस्थामा रहेका कम्पनीमा पनि लगानीकर्ताको आकर्षण बढ्दो छ ।  

बजारमा केही समूहले फाइनान्स सेक्टरका कम्पनीमा चलखेल गरी सेयरभाउ उचाल्ने र ह्वात्तै घटाउने प्रवृत्तिले गर्दा नयाँ लगानीकर्ताका लागि जोखिम बढ्ने देखिन्छ । यस्तो अवस्थाले नयाँ प्रवेशी लगानीकर्ता सेयरबजारबाट चाँडै पलायन हुन सक्ने सम्भावना रहन्छ ।  

नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये फाइनान्स कम्पनीहरुको चुक्तापुँजी कम हुने र कर्नरिङ गरी चलखेल गर्न सजिलो हुने भएकाले खराब वित्तीय अवस्थाका वाबजुत पनि सेयरभाउ उचालिएको बजार जानकार दामोदर गजुरेल बताउँछन् ।  

‘अहिले बजारमा चलखेल गर्न सजिलो सेक्टर भनेको नै फाइनान्स सेक्टर हो । फाइनान्स कम्पनीहरुको पेड अप क्यापिटल पनि थोरै हुने र कर्नरिङ गर्न पनि सजिलो हुने भएकाले केही लगानीकर्ताले यो सेक्टरमा चलखेल गरेको देखिन्छ’ उनले भने, ‘तर यसबाट नयाँ प्रवेशी लगानीकर्तालाई जोखिम बढ्न सक्छ । त्यस्ता समूहको हल्लाको पछि लागेर लगानी गर्दा आफ्नो लगानी डुब्न सक्ने सम्भावना बढ्छ ।’

फाइनान्स सेक्टर रिवार्ड भन्दा बढी जोखिम सेक्टर भएको उनको तर्क छ । ‘अहिले बजारमा अल्पकालिन लगानीकर्ताको हाबी छ । लगानीकर्ताहरुले कम्पनीको आधारभुत पक्ष भन्दा पनि चर्चामा रहेको कम्पनी छनोट गरी लगानी गर्ने प्रवृत्तिले गर्दा बजारमा विकृति बढेको छ’ उनले भने, ‘फाइनान्स सेक्टरको वित्तीय अवस्था खराब हुँदाका वाबजुत पनि त्यस्तै कम्पनीको सेयर कर्नरिङ गरी उचाल्ने प्रवृत्तिले गर्दा नयाँ लगानीकर्तालाई जोखिम पैदा हुने देखिन्छ । यसकारण यो सेक्टरमा रिवार्ड भन्दा पनि रिस्क बढी छ, लगानीकर्ताले कम्पनीको सबै पक्ष नियालेर मात्रै लगानी गर्नुपर्छ ।’

साथै अर्का बजार जानकार निमा नन्द कंडेल पनि बजारमा केही ग्रुपहरु फाइनान्स कम्पनीको सेयरभाउ बढाउन लागिपरेको बताउँछन् । ‘समग्रमा बैंक तथा वित्तीय संस्थाको रिर्पोट पछिल्लो समय खासै सन्तोषजनक देखिंदैन तर त्यस्तै कम्पनीको सेयरभाउ चलखेल गरी केही ग्रुपले बढाइरहेको देखिन्छ’ उनले भने, ‘बजारमा अहिले नयाँ लगानीकर्ताको संख्या बढ्दो छ, उहाँहरु ट्रेडमै खेल्ने मानसिकताले गर्दा पनि बजारमा चलखेलको प्रवृत्ति बढ्दै गएको देखिएको हो ।’

सामाजिक सञ्जालहरुमा समेत खुलेआम फलानो फाइनान्स कम्पनीको सेयर किन्न इङ्गित गरेको देखिन थालेको छ । केही समूहहरु खराब वित्तीय अवस्था भएका फाइनान्स कम्पनीको सेयरभाउ उचाल्न लागिपरेका छन्, तर यसले नयाँ लगानीकर्ताहरुमा जोखिम पैदा गर्ने कंडेल बताउँछन् ।  

‘पछिल्लो समय केही लगानीकर्ताहरुले सामाजिक सञ्जालहरुमा खुलेआम नै फाइनान्स कम्पनीका स्टक उठाउन सल्लाह दिइरहेको देखिन्छ, तर यसले सोझा तथा नयाँ लगानीकर्ताहरुको लगानी डुब्न सक्ने प्रबल सम्भावना रहन्छ’ उनले भने ‘यसमा सम्बन्धित निकायले पनि ध्यान दिन जरुरी छ र नयाँ लगानीकर्ता वा अन्य लगानीकर्ताहरुले पनि कम्पनीको ब्यालेन्स्ड सिट हेरेर मात्रै लगानी गर्नुपर्ने वातावरण सिर्जना गरिनुपर्दछ ।’

-यसअघिको समाचारको हेडलाइन संसोधन गरिएको छ।  

*सम्पादक

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.