आईतवार, फाल्गुन ११,२०८१ 10:25:58
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 10:25:58
IME remit
Global IME Bank Limited

फाइनान्स सेक्टरको सेयर कारोबार १६३७.२१% ले वृद्धि, अन्य समूहको कति ?

Hyundai Nepal
फाइनान्स सेक्टरको सेयर कारोबार १६३७.२१% ले वृद्धि, अन्य समूहको कति ?
Nabil Bank Limited

काठमाण्डौ । सेयरबजारमा १० खर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आवको ५ महिनासम्ममा सेयरबजारमा १० अर्ब ३१ अर्ब ६७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको हो ।  

यो रकम गत आवको तुलनामा ५४५.९९ प्रतिशत बढी हो । गत आवको यसै अवधिसम्म सेयरबजारमा १ खर्ब ५९ अर्ब ७० करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।  

नेप्सेमा सूचीकृत सबै समूहका कम्पनीहरुको सेयर कारोबार उल्लेख्य बढेको छ । गत आवको तुलनामा नेप्से परिसूचक ३४.४८ प्रतिशतले बृद्धि भएसँगै सेयर कारोबार पनि उल्लेख्य बृद्धि भएको छ ।  

सर्वाधिक फाइनान्स समूहको सेयर कारोबार बढेको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ । गत आवको मंसिर महिनासम्म यो समूहको ७ अर्ब १३ करोड रुपैयाँ बराबरको मात्रै सेयर कारोबार भएकोमा चालु आवको सोही अवधिसम्म १६३७ प्रतिशतले बृद्धि भई १ खर्ब २३ करोड ८८ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

सेयरबजारमा फाइनान्स सेक्टर एकदमै चलेको सेक्टर हो । बजारमा लो क्याप भएका कम्पनीहरु चलेको अवस्थामा अधिकांश फाइनान्स कम्पनी लो क्यापमा गनिने भएकाले यो समूह निकै चर्चामा छ ।  

केही समयअगाडी फाइनान्स सेक्टरका केही कम्पनीमा सेयरमूल्य चलखेल समेत गरिएको पाइएको थियो । केही सेयर खेलाडीहरुले लो क्याप भएका फाइनान्स कम्पनी लिएर सृेयरमूल्य उचाल्ने जस्ता चलखेल गरेको पाइएको थियो ।  

बजारमा फाइनान्स सेक्टरअन्तर्गत नेपाल फाइनान्स, वेष्ट फाइनान्स, समृद्धि फाइनान्स र जानकी फाइनान्स जस्ता कम्पनीहरु निकै चलेका थिए र हालपनि यी कम्पनीहरुमा लगानीकर्ताको आकर्षण देखिन्छ ।  

यसकारण पनि फाइनान्स समूहको सेयरकारोबार ह्वात्तै बढेको देखिएको हो । सस्ता सेयरभाउलाई उचालेर महँगो बनाई बिक्री गरिहाल्ने फेरी घटाएर खरिद गर्ने प्रक्रिया फाइनान्स सेक्टरमा अत्यधिक चलेकाले यो समूहको सेयर कारोबार उच्च बृद्धिदर देखिनु स्वभाविक हो ।  

त्यस्तै अन्य समूहको पनि १०४१.७७ प्रतिशतले सेयर कारोबार बढेको छ । गत आवको ५ महिनासम्म यो समूहको ४ अर्ब २५ करोड रुपैयाँको कारोबार भएकोमा चालु आवको सोही अवधिसम्म ४८ अर्ब ६२ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।  

यसका साथै हाइड्रो सेक्टरको पनि ३ खर्ब २८ करोड रुपैयाँमाथिको कारोबार भएको छ । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ९९९।०२ प्रतिशत बढी हो । गत आवको यसै अवधिसम्म यो समूहको २९ अर्ब ९२ करोड रुपैयाँको मात्रै सेयर कारोबार भएको थियो ।  

त्यस्तै, लगानी समूहको ९१२.८९ प्रतिशत, विकास बैंक समूहको ६४९.१४ प्रतिशत, माइक्रोफाइनान्स समूहको ६३७.९४ प्रतिशत, वाणिज्य बैंक समूहको ३०९.५९ प्रतिशत, म्युचुअल फण्ड समूहको ३०४.६४ प्रतिशत, निर्जीवन बीमा समूहको २७२.२४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको २३९.२८ प्रतिशत, जीवन बीमा समूहको १८८.५२ प्रतिशत, होटल समूहको १७७।६३ प्रतिशत र व्यापार समूहको १२७.०३ प्रतिशतले सेयर कारोबार बढको छ ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.