शनिबार, फाल्गुन १०,२०८१ 08:32:26
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 08:32:26
IME remit
Global IME Bank Limited

लो क्याप कम्पनीमा आकर्षण बढ्दो, फाइनान्स समूहका लगानीकर्ताले ३५.१९% सम्म कमाए

Hyundai Nepal
लो क्याप कम्पनीमा आकर्षण बढ्दो, फाइनान्स समूहका लगानीकर्ताले ३५.१९% सम्म कमाए
Nabil Bank Limited

काठमाण्डौ । फाइनान्स कम्पनीका लगानीकर्ताहरुले ३५.१९ प्रतिशतसम्म नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको ११ महिनासम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।  

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १३ वटा समूहका कम्पनीहरु सूचीकृत छन् । चालु आवको ११ महिनासम्ममा वाणिज्य बैंक समूह र जीवन बीमा समूह बाहेक सबै समूहका लगानीकर्ताहरुले नाफा बुक गरेका छन् ।  

सो अवधिसम्म सर्वाधिक फाइनान्स र म्युचुअल फण्डका इकाईधनीहरुले नाफा बुक गर्न सफल भएका छन् । फाइनान्स समूहका लगानीकर्ताले सो अवधिसम्म ३५.१९ प्रतिशत नाफा बुक गर्दा म्युचुअल फण्ड इकाईधनीहरुले ३४.६८ प्रतिशतसम्म नाफा बुक गरेका छन् ।  

चालु आवको अन्तिमतिर फाइनान्स कम्पनीहरु चम्किंदा गत आवको तुलनामा फाइनान्स इन्डेक्स सर्वाधिक बृद्धि देखिएको हो । केही समययता ठूला पूँजी भएका वा वित्तीय अवस्था खराब भएका समेत फाइनान्स कम्पनीहरु चम्किएका छन् । वर्षौ भाउ बढ्न नसकेका फाइनान्स कम्पनीहरु केही महिनायता चम्किन थालेका छन् ।  

फाइनान्स कम्पनीहरुको सेयर संख्या थोरै भएका कारण बजारमा चलखेल गरी मूल्य बढाएको केही बजार जानकारहरुको भनाई छ । साथै केहीले भने तेस्रो त्रैमासिक रिपोर्टमा फाइनान्स कम्पनीहरु सकारात्मक देखिएकाले चम्किन थालेको बताउँछन् ।  

पछिल्लो केही समय फाइनान्स समूहमा हरियाली छाएको थियो । आधारभुत रुपमा अत्यन्तै खराब अवस्थामा रहेका फाइनान्स कम्पनीहरुको सेयरभाउ समेत ३ गुणासम्म बृद्धि भएको थियो । नेपाल राष्ट्र बैंकले लिएको नीति खुकुलो नहुँदासम्म न्यून पुँजी भएका कम्पनीहरुलाई नै बजारमा लगानीकर्ताहरुले चलायनमान बनाउने अवस्था सिर्जना हुँदा फाइनान्स समूह पनि ह्वात्तै चम्किन पुगेको थियो ।  

दोस्रो बजारमा अल्पकालिन लगानीकर्ताको हाबी हुँदा ‘लो क्याप’भएका कम्पनीहरुलाई चलायमान बनाउने प्रवृत्ति बढ्दो छ । वित्तीय विवरणमा समेत फाइनान्स कम्पनीहरु कमजोर देखिन्छन् । प्राय सबै फाइनान्स कम्पनीहरुको रिटेन्ड अर्निङ ऋणात्मक छ । फाइनान्स कम्पनीहरुको खराब कर्जा औसतमा ९ प्रतिशत छ भने औसत ईपीएस ४ रुपैयाँ ऋणात्मक छ ।  

वित्तीय अवस्था कमजोर र सेयरधनीलाई प्रतिफल दिन सक्ने क्षमता न्यून रहेपनि दोस्रो बजारमा फाइनान्स कम्पनीहरुको चर्चा र आकर्षण बढ्दो छ । वित्तीय अवस्था कमजोर हुँदाका वाबजुत पनि फाइनान्स कम्पनीहरुको चुक्तापुँजी कम हुँदा यस्ता कम्पनीहरुको सेयरमा लगानीकर्ता आकर्षण हुने गर्दछन् ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

बजार जानकार सरोज भट्टराईका अनुसार अहिले बजारमा चुक्तापुँजी कम भएका अर्थात् लो क्याप भएका कम्पनीहरु नै लगानीकर्ताले बढी चलायमान बनाउने गरेका छन् । ‘फाइनान्सहरु लो क्यापिटल भएका कारण ठूला खेलाडीहरुले सजिलै चलखेल गरी मूल्य उचाल्ने र नाफा बुक गर्न सक्ने भएकाले यस्तो कम्पनीहरुमा आकर्षण देखिएको हो’ उनले भने ।  

बजारमा फाइनान्स कम्पनीहरुको सेयर संख्या कम हुँदा माग र आपूर्तिको हिसाबले पनि सेयरमूल्य बढ्न पुगेको हो । ठूला खेलाडीहरुले यस्ता लो क्याप भएका कम्पनीलाई सहजै चलखेल गरी उचाल्ने हुँदा पनि फाइनान्स कम्पनीहरुको सेयरमूल्य अकस्मात बृद्धि हुन पुगेको हो ।  

गत आर्थिक वर्षको ११ महिनासम्म १६८६.९६ विन्दुमा रहेको फाइनान्स समूह चालु आवको सो अवधिसम्म ३५.१९ प्रतिशतले बढेर २२८०.५६ विन्दुमा उक्लिएको छ ।  

अन्य समूहका लगानीकर्ताले कति कमाए ?

फाइनान्स समूहका लगानीकर्तापछि म्युचुअल फण्ड इकाइधनीहरुले सर्वाधिक नाफा बुक गर्न सफल भएका छन् । यो अवधिसम्म म्युचुअल फण्ड इन्डेक्स १८.९७ विन्दुमा कायम रहेको छ । जुन यो गत आवको तुलनामा ३४.६८ प्रतिशत बढी हो ।  

गत आवको यसै अवधिसम्म म्युचुअल फण्ड इन्डेक्स १४.०८ विन्दुमा थियो । यसर्थ फण्डका इकाईधनीहरुले ३४ प्रतिशत भन्दा बढी नाफा कमाएको देखिन्छ ।  

त्यस्तै, लघुवित्त संस्थाका लगानीकर्ताहरुले पनि २३.७२ प्रतिशतसम्म नाफा कमाएका छन् । गत आवको ११ महिनासम्म ३८०३.३६ विन्दुमा रहेको लघुवित्त समूह चालु आवको यस अवधिसम्म ४७०५.६६ विन्दुमा उक्लिएको छ ।  

यसका साथै उत्पादन तथा प्रशोधन समूहका लगानीकर्ताले २२.३६ प्रतिशत, ब्यापार समूहका लगानीकर्ताले १६.०९ प्रतिशत, होटल समूहका लगानीकर्ताले १३.२८ प्रतिशत, अन्य समूहका लगानीकर्ताले १३.२० प्रतिशत, विकास बैंक समूहका लगानीकर्ताले ११.६६ प्रतिशत, लगानी समूहका लगानीकर्ताले ८.३४ प्रतिशत, हाइड्रो समूहका लगानीकर्ताले १.५९ प्रतिशत र निर्जीवन बीमा समूहका लगानीकर्ताले ०.४२ प्रतिशतसम्म नाफा कमाएका छन् ।  

धितोपत्र बजार पुँजीकरणमा ठूलो हिस्सा रहेको वाणिज्य बैंक र जीवन बीमा समूहका लगानीकर्ताले भने गुमाउन पुगेका छन् । वाणिज्य बैंकका लगानीकर्ताले ९.२६ प्रतिशत र जीवन बीमा समूहका लगानीकर्ताले ५.९९ प्रतिशतसम्म लगानी गुमाएका छन् ।  

बजारमा लो क्याप भएका कम्पनीहरु बढी चल्दा लार्ज क्याप भएका वाणिज्य बैंक तथा जीवन बीमा कम्पनीहरुको सेयरभाउ नबढेका हुन् । यी कम्पनीहरुको चुक्तापुँजी धेरै र बजारमा माग र आपूर्ति कम हुन पुग्दा सेयरमूल्य बढ्नुको साटो घट्न पुगेको हो । यसकारण वाणिज्य बैंक र जीवन बीमा कम्पनीका लगानीकर्ताहरुले आफ्नो लगानी गुमाएको देखिन्छ ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.