हिमालयन पावर पार्टनरको हकप्रद सेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन
काठमाण्डौ । हिमालयन पावर पार्टनर लिमिटेडको हकप्रद सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत वैशाख १७ गतेदेखि हाल कायम चुक्ता पूँजी १ अर्ब ६ करोड रुपैयाँ १ सेयर बराबर ०.५ नयाँ सेयर अर्थात १ः०.५ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो । कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि गत चैत १० गते एक...

