काठमाण्डौ । हिमालयन पावर पार्टनर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको कात्तिक २९ गते बसेको ६६औ सञ्चालक समितिको बैठकले चुक्तापूँजीको २ः१ अनुपातमा हकप्रद जारी गर्ने निर्णय गरेको हो ।
बैठकले सहवित्तियकरण बैंकहरुको ऋण भुक्तानी गर्ने प्रयोजनको लागि हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ ।
साथै, उक्त हकप्रद सेयर जारी गर्नु पूर्व विद्युत नियमन आयोगको सहमति लिई हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव आगामी वार्षिक साधारण सभामा स्वीकृतिको लागि पेश गर्ने निर्णय समेत भएको कम्पनीले जनाएको छ ।