काठमाण्डौ । हिमालयन पावर पार्टनर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई ५० प्रतिशत हकप्रद निष्कासन गर्ने अनुमति दिएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ५३ करोड २७ लाख ८ हजार ५०० रुपैयाँ बराबरको ५३ लाख २७ हजार ८५ कित्ता सेयर निष्कासन गर्न फागुन २५ गते अनुमति पाएको हो ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।