सोमबार, असार २,२०८२ 09:19:22
  • सोमबार, असार २,२०८२ 09:19:22
Global IME Bank Limited

हिमालयन पावर पार्टनरको घाटा २६.२३ करोड पुग्यो, खर्च २५% ले बढ्यो

Hyundai Nepal
हिमालयन पावर पार्टनरको घाटा २६.२३ करोड पुग्यो, खर्च २५% ले बढ्यो
Nabil Bank Limited

काठमाण्डौ । हिमालयन पावर पार्टनर लिमिटेडले गत आर्थिक वर्ष २०८०÷८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी २६ करोड २३ लाख रुपैयाँ घाटामा देखिएको छ । गत आवको सोही अवधिसम्म भने कम्पनी १८ करोड ९८ लाख रुपैयाँ घाटामा थियो । यसरी कम्पनीको घाटा ३८.१९ प्रतिशतले वृद्धि भएको छ ।  

कम्पनीले विद्युत बिक्रीमातर्फत ५१ करोड ६० लाख रुपैयाँ आर्जन गरेको छ । जुन रकम गत वर्षको सोहि अवधिको तुलनामा ४५.६३ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीमार्फत ३५ करोड ४३ लाख रुपैयाँ कमाएको थियो । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो अवधिसम्म कम्पनीको कुल खर्च २६ करोड ७० लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको तुलनामा २५.०२ प्रतिशतले धेरै हो ।  

कम्पनीको रिटेन्ड अर्निङ ९ करोड ८९ लाख रुपैयाँ रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति २३ करोड ६२ लाख रुपैयाँ र कुल चालु दायित्व ३० करोड ३१ लाख रुपैयाँ रहेको छ ।  

कम्पनीको प्रतिसेयर आम्दानी(त्रैमासिक) २४.६२ रुपैयाँ ऋणात्मक,प्रतिसेयर नेटवर्थ १०९.२९ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ५३०.१६ रुपैयाँ र पीई रेसियो १०.७२ गुणा ऋणात्मक रहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.